जनमुक्तिका नेता पक्राउपछि रिहा « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

जनमुक्तिका नेता पक्राउपछि रिहा


यलम्वर टाइम्स
२१ श्रावण २०७३, शुक्रबार १२:३४

Untitledकाँकरभिट्टा / साउन २२ लाई कालो दिनको रुपमा मनाउन भनि आह्वान गर्दै हिंडेका लिम्बूवान राज्य परिषद्का कार्यकर्ताहरुलाई केही घण्टा पक्राउ गरी छाडिदिएका छन् ।

धरान सुनसरीबाट साउन २२ गते हुने शान्तिपूर्ण बन्दको सूचना प्रवाह गर्दै हिंडेका राज्य परिषद्का विष्णु थाङ्देन, लोक आङ्ला, रमेश गजमेयर, जनमुक्ति झापा अध्यक्ष पर्शुराम मगर, सुनसरी अध्यक्ष विवेक राई, पदम कन्दङ्वालाई काँकरभिट्टा स्थित बाहुनडाँगी रोडबाट डीएसपी श्यामप्रसाद घिमिरेले पक्राउ गरी अनुसन्धानमा राखि छाडिदिएका छन् ।

डीएसपी घिमिरेले बन्द शान्तिपूर्ण गरिदिनुहोला भन्दै केही घण्टापछि छाडिदिएका हुन् ।