जनताको सेवामा म हाजिर छु : मन्त्रि बुढाथोकी « Yalambar Times
२ माघ २०८१, बुधबार

जनताको सेवामा म हाजिर छु : मन्त्रि बुढाथोकी


यलम्वर टाइम्स
२१ भाद्र २०७३, मंगलवार १०:०३

11केशवकुमार बुढाथोकी प्रष्ट कुरा राख्ने हक्की स्वाभावका बौद्धिक नेता हुन् । उनी पञ्चायतकालमा पनि जिल्ला विकासका प्रमुख र राज्य मन्त्रि भएर जनताका धेरै कामहरु गरिसकेका छन् । पछिल्लो पटक पचण्डको मन्त्रिमण्डलमा उनीले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । विगतका मन्त्रिहरुले गरेका राम्रो कामलाई निरन्तरता दिने र नयाँ सोच र योजनाका साथ जनताको सेवामा सक्रिय रहने बताउछन् । मन्त्रालय सम्हाले लगत्तै उनीसँग प्रशासान सुधारका प्रष्ट खाकाहरु छन् । त्यसका लागि उनले रोडम्याप बनाएर अगाडी बढेका छन् । उनैसँग गरिएका केही प्रश्नहरु :

राजनीति र प्रशासन एक सिक्काका दुई पाटा भन्ने गरिन्छ, तर नेपालमा ति दुवै पक्ष प्रायः एक अर्कामाथि हावी हुन खोजेको देखिन्छ नि ?

म प्रशासनका साथीहरुको मन जितेर काम गर्न सक्छु भन्नेमा विश्वस्त छु । पहिलो कुरो मैले प्रशासन क्षेत्रमा रहेका कमिकमजोरी बुझ्न सक्नु प¥यो । मेरो कार्यावधि छोटो रहेका यस अवधिमा मैले एउटा रोडम्याप बनाउँदै छु । कर्मचारीसँग कुरा राखेर उनीहरुलाई सहमत गराएर छोटो रोडम्यापमा कसरी हातेमालो गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा दुई तीन चरणमा कुरा भईसकेको छ । ट्रेड युनियन र अन्य ३ कर्मचारी संगठनका साथीहरुसँग छलफल गरिसकेको छु । उहाँहरुको मागलाई कति सम्बोधन गर्न सकिन्छ, त्यसमा म सकारात्मक छु । चाहिँदो र सक्ने कुरामा मैले सहयोग गर्छु । नसक्ने कुरामा स्पष्ट रुपमा सक्दिन भनेको छु ।

कस्तो किसिमको रोडम्याप तयार गर्नुभएको छ ?
मसँग अवधि कम छ । निर्वाचनलाई तोकेर यो सरकार गठन भएको हो । ९ महिनाको अवधिमा हाम्रो रोडम्याप बनेको हाम्रो स्थायी निर्वाचन हो । कर्मचारीतन्त्रलाई त्यहाँसम्म नपु¥याएसम्म हामी गन्तव्यमा पुग्न सक्दैनौं । त्यहाँसम्म पुग्नका लागि गृहकार्य गरिरहेका छौं । म भन्दा अगाडी पनि केही काम भएको छ । र म आइसकेपछि केही थप कुरा भएको छ । यहाँ प्रशासनिक सुधार आयोगहरु धेरै बनेका रहेछन्, त्यसका प्रतिवेदनहरु निकाल्न लगाएको छु । त्यसका लागि केही साथीहरुलाई समेटेर थिन्क ट्याक बनाएका छौं ।

कर्मचारी र जनताको मन जित्ने खाका कस्तो छ ?

मैले समग्रमा कर्मचारीतन्त्रलाई एउटा पद्धतिमा ढाल्न खोजिरहेको छु । अहिलेसम्म पद्धतिमा चलेको देखिदैन । नेतापिछे फरक मत आइरहेको अवस्थामा छ । क्षणिक लोकप्रियताको काम गर्नु एउटा कुरा, तर सिंगो प्रशासनलाई प्रभावकारी बनाउने महत्वपूर्ण हो । मेरो ध्यान अव्यवस्थित रुपमा रहेको प्रशासनिक ईकाईहरुलाई पद्धतिभित्र ढाल्ने तर्फ केन्द्रित हुन्छ ।

संघीयतामा कर्मचारी व्यवस्थापन गर्नु कतिको चुनौतिपूर्ण देखिन्छ ?

कर्मचारी व्यवस्थापनमा चुनौति र अवसर दुवै छन् । सर्वप्रथम हामीहरु नीतिगत कुरामा पुग्न सक्यौ भने त्यसै पनि चुनौतिलाई मुकाविला गर्न सकिन्छ । हामीसँग कमजोरी होलान् तर प्रतिवद्ध भएर लागे ८० हजार कर्मचारी व्यवस्थापन गर्न सकिन्छ ।
सेवा मैत्री बनाउन के–कस्तो सुधारको खाँचो देख्नु भएको छ ?

म निकट भविष्यमा मन्त्रालयमार्फत टक प्रोग्राम सुरु गर्न लागिरहेको छु । जनताको प्रशासनप्रति रहेका गुनासालाई सुन्ने संयन्त्र बनाउने मेरो योजना छ । जसरी प्रधानमन्त्रिले जनतासँग सिधा कुरा गरिरहनुभएको छ, त्यसै गरी सामान्य प्रशासन मन्त्रालयले पनि जनतासँग सिधै कुराकानी गर्ने कार्यक्रम बनाइने छ ।
अन्त्यमा ?

जनताका काम कर्मचारीले सरल रुपमा गर्नुपर्छ । कर्मचारीको सुरक्षा सरकारले गर्छ ।