दशैं गाउँमै रमाइलो « Yalambar Times
६ पुष २०८१, शनिबार

दशैं गाउँमै रमाइलो


यलम्वर टाइम्स
२१ आश्विन २०७३, शुक्रबार ११:४६

dashain-00

शनिअर्जुन / हरिबहादुर भारतको गोवामा श्रम गर्छन् । जब दशैं तिहार आउँछ, उनी गाउँको रमझमलाई सम्झेर दशैं मनाउन स्वदेश फर्कने गर्छन् ।

हरिबहादुर मात्र होइन उनीसँगै रहेका भुपेन र कुमार पनि गाउँको रमझमलाई सम्झेर आउने गरेको बताउँछन् । यी तीनै युवा शनिअर्जुनका हुन् ।

दशैंको रमझम चलिरहेको बेला गाउँ फर्कनेहरुको संख्या पनि कम छैन । राजधानी बस्दै आएका भरत थापा गाउँको पुरानो संस्कार र साथी भाईसँगै गाउँमै लगाएको लिङ्गे पिङ सम्झनाको तरेलीमा रहिरहने भएको हुँदा १८ काम छाडेर भए पनि दशैं मनाउन शनिअर्जुन प्रवेश गरेका छन् । शनिअर्जुनमा मात्र होइन, दशैं गाउँमै रमाइलो हुने भनी सम्झिदै खुदुनाबारी–२ का प्रेम पनि फर्केका छन् ।

दशैंको बेला गाउँमा भएको दुर्गा मन्दिरमा जमरा राख्ने, भजन किर्तन गाउने र गाउँमै सांगीतिक कार्यक्रम हुने कार्य भएको हुँदा त्यही झझल्कोले सताउने गरेको बताउँछन् । पोखरामा ट्याक्सी व्यवसाय गर्दै बसेका कृष्ण इलाम दानाबारी निवासी हुन् । उनी पनि स–परिवार इलाम आइपुगेका छन् । प्रकृतिको सुन्दर शहर भनेर के गर्ने मीठो मसिनो र इष्टमित्र गाउँ भन्दा प्यारो अर्को ठाउँ रहेन छ –कृष्ण पोख्छन् ।
कृष्ण जस्तै कतारमा रोजगार गर्दै गरेका केशव पनि महमाई निवासी हुन् । दशैं मान्नै भनेर उनी एक हप्ता अघि घर फर्केका छन् । परदेशीको कथा सुनाउँदै केशव भन्छन् –‘दशैं आउने संकेत फेसबुकबाट थाहा हुन्छ, तब साथी भाई बीच दशैंको गनथन सुरु हुन्छ । छुट्टी हुनेहरु खुशी अनुहार पार्दै घर फर्कने तयारीमा हुन्छन् भने कम्पनीबाट छुट्टी नपाउनेहरु आफ्ना परिवारलाई सन्चै छ है भन्दिनु भनी सन्देशसँगै पार्सल पठाउने गर्छन् ।’

दशैंको बेला ‘कोदो फुल्यो बारीमा, धानको बाला झुल्यो खेतैमा…दशैं आयो…. दशैं आयो….’ त्यस गीतले पनि दशैंको महत्व दर्शाउँदा दशैं परदेश र शहर नभएर गाउँमै रमाइलो हुने गरेको परदेशीहरुको ठम्याइ छ । आफ्ना मान्यजनबाट आशिर्वाद थाप्न आफन्त बीच दुःख सुःख साटासाट गर्ने अवसर भएको हुदा परदेशीहरु कोही काँकरभिट्टाबाट, कोही काठमाण्डौंबाट आउने गरेको पाइन्छ ।