वर्तमान सरकारले जनताको अधिकारमा कन्जुस्याँई गर्दैन : मन्त्रि जवेगु « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

वर्तमान सरकारले जनताको अधिकारमा कन्जुस्याँई गर्दैन : मन्त्रि जवेगु


यलम्वर टाइम्स
२७ पुष २०७३, बुधबार १२:५१

nnnलीला राई

शनिअर्जुन / संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्रि श्रीप्रसाद जवेगुले जनताको अधिकार संशोधित संविधानले बोकेर आउने बताएका छन् ।

शनिअर्जुन नगरपालिकाको चौथो नगर परिषद उद्घाटन गर्दै उनले संघीयता तोडमोड गर्न खोजे त्यसलाई जनताले नछाड्ने बताए । वर्तमान सरकार जनताको अधिकारमा कन्जुस्याँई नगर्ने तर्खरमा छ । तर प्रतिपक्षी भने रोक्ने खेलमा तलिन भएको हुँदा अबको दुनियाँमा अधिकारलाई कसैले छेकेर छेक्न नसकिने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि क्षेत्र नं. ४ का सांसद प्रेमबहादुर गिरीले मुलुकमा बनेको स्थानीय तहको नयाँ संरचनाले जनतालाई अधिकारमुखि बनाएको बताएका छन् । उनले शनिअर्जुन नगरपालिकाको प्रगतिको विषयलाई लिएर शुभकामना दिँदै परिषद्ले ल्याएको बजेट प्रशंसनीय भएको बताएका छन् ।

अर्का अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य झलकसिंह दर्लामीले वर्तमान सरकारले थालेको जनमुखि कार्यलाई सबैले साथ दिएर लानु पर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, पूर्व गाविस अध्यक्ष कुन्दन भट्टराई, नयाँ शक्ति नेपालका संयोजक कुमार क्षेत्री, राप्रपा केन्द्रका लभकुश गिरी, नेपाली कांग्रेसका दिपक तामाङ, पूर्व सांसद केदारमणि ढकाल, माननीय राजकुमार बराईली लगायतले चौथो नगर परिषदलाई शुभकामना दिँदै स्थानीय स्तरबाटै विकासका कार्यहरुमा लाग्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नगर प्रमुख मनोज राउतले नगर विकास योजनाको ८५ पेजको दस्तावेज तथा परियोजना ०७४÷०७५ को १० करोड २३ लाख ६९ हजार ३ सय ५४को बजेट पेश गरेका थिए ।

‘कृषि तथा लघु उद्यममा आधारित उज्यालो नगर, स्वच्छ, शान्त र समृद्धि बनाउने हाम्रो रहर’ भन्ने मुल नाराका साथ ल्याइएको बजेटले अधिकांश विकासमा आधारित भएको बताएका छन् ।

अधिकृत मनोज राउतको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सहायक अधिकृत डेनजोनी आचार्यले गरेका थिए । कार्यक्रममा एमालेका नगर अध्यक्ष प्रेमसागर सापकोटा, नेपाली कांग्रेसका सभापति हेमराज खरेल, माओवादीका भूपेन्द्र न्यौपाने, जनमुक्तिका दिलीप राई, संघीय समाजवादी फोरमका प्रकाश लिङ्खीम, शान्ति समितिका गजेन्द्र कटुवाल, प्रेस क्लबका दिपीन राई, जेसीजका प्रल्हाद ढुंगाना, महिला समाजसेवी कुसुम राई, पम्फा विश्वकर्मा लगायतको आतिथ्य रहेको थियो भने कार्यक्रमको सञ्चालन राजविक्रम खड्का र सौजन कटुवालले संयुक्त रुपमा गरेका थिए ।