लारुम्बा राष्ट्रिय गहना हो : मन्त्रि खाँण « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

लारुम्बा राष्ट्रिय गहना हो : मन्त्रि खाँण


यलम्वर टाइम्स
५ माघ २०७३, बुधबार ११:१३

udलारुम्बा / रक्षा मन्त्रि बालकृष्ण खाँणले लारुम्बा किराँत धर्मवालम्बीहरुको पवित्र स्थलसँगै राष्ट्रको गहना भएको बताए । बुधबार साँवाएहाङ किराँत खिवेक्वा याक्वा सेवाको उद्घाटन गर्दै रक्षा मन्त्रि खाँणले नेपालको राष्ट्रिय गौरवका लागि किराँत धर्मलाई रक्षा गर्दै लानुपर्ने बताए ।
प्रमुख अतिथि समेत रहेको खाँणले नेपालको लुम्बीनी र लारुम्बालाई राष्ट्र गहनाको रुपमा उठाएर लानुपर्नेमा जोड दिए । नेपाल समय र परिस्थितिले परिवर्तन भएतापनि धर्मलाई कसैले परिवर्तन गर्न नसक्ने भएको हुँदा नेपालमा गौरवताका साथ मनाइने पर्वलाई सबैले रक्षा गर्नुपर्ने बताए ।

मन्त्रि खाँण गुरु आत्मानन्दप्रति अनुरोध गर्दै भने –‘हामीलाई राम्रो आशिर्वाद दिनुहोस् हामी राष्ट्रलाई राम्रो बनाउँदै जानेछौं ।’ सोही समयमा रक्षामन्त्रि खाँणले गुरु र गुरुआमाबाट आशिर्वाद मागेका थिए । कार्यक्रममा विशिष्ट अतिथि सांसद नरेन्द्र कुमालले आफ्नो पार्टी लारुम्बाको रक्षाको लागि र विकासको लागि सदैव नजिक भएर अगाडि बढ्ने बताए । नेपाली कांग्रेसका नेता भेषराज आचार्यले लारुम्बाको विकासको लागि आफू लडिरहेको बताए ।

गुरु माङ्गेना सेवा समितिका अध्यक्ष केयरसिंह योङ्हाङको सभापतित्वमा भएको कार्यक्रममा किराँत धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह लिम्बूले खिवेक्वा याक्वा सेवाको विषयमा आफ्नो धारणा राख्दै प्रकृति पूजक किराँतीहरुले अन्न पूजा गरेर पृथ्वीलाई पूजा गरेर अन्नवाली लगाइने आजैबाट विश्व शान्ति मानव एकताका लागि सेवा गरिने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष रोहित भट्टराई, फोनिजका केन्द्रिय सल्लाहकार दिपीन राई, जिल्ला विकास अधिकारी धु्रवबहादुर खड्का, सीडीओ जनकराज दाहाल, लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष अवोद अविरल, अमेरिकाबाट प्रतिनिधित्व गरेका भक्त थेवा, क्यानाडाका बीरबहादुर राई लगायतको आतिथ्य रहेको थियो ।

अगम वान्तावाले सञ्चालन गरेको कार्यक्रममा सुमिता थेव र सुमन लावतीले सांस्कृतिक कार्यक्रमको सञ्चालन गरेका थिए ।