पहिचान र संस्कृति जोगाउन किराँत राई चलचित्रकर्मी संघ « Yalambar Times
२९ भाद्र २०८१, शनिबार

पहिचान र संस्कृति जोगाउन किराँत राई चलचित्रकर्मी संघ


यलम्वर टाइम्स
१६ माघ २०७३, आईतवार १०:५५

Rai team
नवगठित किराँत राई चलचित्रकर्मी संघ झापाका पदाधिकारीहरुसँग अतिथिहरु ।

शनिअर्जुन / चलचित्र क्षेत्रबाट राई जातिको पहिचान कायम गराउँदै आफ्नो भाषा, लिपी, संस्कार र मौलिक बाजाको संरक्षण गर्न सकिन्छ भन्दै झापामा पनि राई चलचित्रकर्मीहरु संगठित भएका छन् ।

बिर्तामोड स्थित अग्रसेन भवनमा शनिबार भएको राई कलाकारहरुको एक भेलाले भुवनसिंह राईको अध्यक्षतामा १५ सदस्यीय किराँत राई चलचित्रकर्मी संघ झापा गठन गर्दै संगठित भएका हुन् । राई समुदायको भाषा, लिपी, संस्कारका साथै मौलिक बाजाहरु लोप हुँदै गएको अवस्थामा चलचित्रको माध्यमबाट आउँदो पिढीसम्म जीवन्त राख्नको लागि राई चलचित्रकर्मीहरु संगठित हुनुपरेको उनीहरु बताउँछन् ।
किराँत राई समुदायको वृहत उपस्थितिमा गठित संघको उपाध्यक्षद्वयमा अञ्जन राई र शिला राई, महासचिव किरण राई, सचिव ससिम राई, कोषाध्यक्षमा सञ्जिव राई चयन भएका छन् । यसरी नै संघको सदस्यहरुमा श्यामबहादुर राई, मिलन वान्तावा राई, रमेश राई, दिवसेन राई, लक्ष्मी राई, उसास राई, टेकु राई, लीला राई, अनुप लिङ्खिम राई रहेका छन् ।

murchunga
राई समुदायको मौलीक बाजा मुर्चुङ्गा बजाउँदै ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले नवगठित समितिका पदाधिकारीहरुलाई खादा ओढाई प्रमाणपत्र प्रदान गरेका थिए । प्रमुख अतिथि समेत रहेका राजकुमार राईले राई चलचित्रकर्मी संघलाई आफ्नो क्षेत्रबाट सकेसम्म सहयोग प्रदान गर्ने बताउँदै राई जातिको उत्थानसँगै मौलिक परम्परा र संस्कृितको जर्गेना गर्न अग्रसर रहन आग्रह गरेका थिए ।

संघका अध्यक्ष भुवनसिंह राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा किरात राई चलचित्रकर्मी संघका केन्द्रीय अध्यक्ष केशव राई, केन्द्रीय उपाध्यक्ष पुर्खाजीत राई, किराँत राई विद्यार्थी संघ केन्द्रीय उपाध्यक्ष रामचन्द्र राई, वरिष्ठ कलाकार राज थापा मगरलगायतले नवगठित समितिलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा किराँत राई यायोक्खा शनिअर्जुन प्रासका संस्कृतिक संयोजक क्या. शिवकुमार राई, समाजेसवी तथा युवा व्यवसायी केवलराम राई, फोनिजका केन्द्रीय सल्लाहकार दिपीन राई, किराँत राई पत्रकार संघका अध्यक्ष अमित खम्बू, उपाध्यक्ष रवीकिरण राई र सदस्य राजन साम्पाङ लगायतको आतिथ्य रहेको थियो ।

सोही अवसरमा राई चलचित्रकर्मी संघ झापा गठनका लागि सहयोग पु¥याएको भन्दै सुम्निमा महिला संघ बिर्तामोडकी अध्यक्ष ससिता राई, कलाकार सुजन राई, कमला राई, लक्ष्मी राई, सागर थापा मगर, दिवसेन राई, ईष्टन मिडिया ग्रुपका डाइरेक्टर निश्चल सापकोटा, संजोग राई, ससिता राई, कुसुम राई लगायतलाई कदरपत्र प्रदान गरिएको थियो ।

झापाका विभिन्न प्रासका साकेला टोलीले नृत्य प्रस्तुत गरेको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष पुर्खाजीत राई र सचिव ज्योति राईले राई समुदायको मौलिक बाजा मुर्चुङ्गा बजाएका थिए । संघका सचिव ससिम राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य उसास राईले गरेकी थिइन् ।