वाणिज्य संघले सम्मान पत्रसँगै ज्ञापनपत्र बुझायो « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

वाणिज्य संघले सम्मान पत्रसँगै ज्ञापनपत्र बुझायो


यलम्वर टाइम्स
१७ भाद्र २०७४, शनिबार ०८:४०

अर्जुनधारा / शनिश्चरे बजार क्षेत्रका सटर पसलमा कोठा भाडा वृद्धि भएको भन्दै अर्जुनधारा उद्योग वाणिज्य संघले बिहीबार अर्जुनधाराका नगर प्रमुख हरिकुमार रानालाई ज्ञापनपत्र बुझाउँदै व्यापारीहरुको मर्म बुझिदिन आग्रह गरेका छन् ।

गाउँ विकास समितिबाट परिचालित हुँदै नगरपालिकाको राजनैतिक संयन्त्र र बजार व्यवस्थान समितिको पछिल्लो निर्णय अनुसार प्रत्येक वर्ष १० प्रतिशत वृद्धि गर्ने भनिएतापनि हाले नगरपालिकाबाट एक्कासी ३० प्रतिशतले भाडा वृद्धि गरिएको परिपत्र आएपछि व्यापारीहरुले वाणिज्य संघमा गुनासो राखेपछि संघले व्यापारीहरुको मर्म बुझिदिनका लागि ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाउन अघि वाणिज्य संघले नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागतसँगै बधाई तथा सम्मान प्रकट गरेका थिए । कार्यक्रममा प्रमुख रानाले व्यापारीहरुको भावनालाई मध्यनजर गर्दै अगाडि बढ्ने वाणिज्य संघका प्रतिनिधिहरुलाई जानकारी गराएका थिए ।

प्रमुख रानाले यस अघि भएका कागज पत्रहरुलाई हेरी वडाध्यक्षहरुमाझ छलफल गर्दै सबैको भावना सम्मान गरिने बताएका थिए । सम्मानपत्र सहित ज्ञापनपत्र बुझाउन वाणिज्य संघका पूर्व अध्यक्ष भुवनेश्वर शिवाकोटी लगायत व्यापारी तथा वाणिज्य संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।