फेला पारेको ३३ हजार प्रहरीले फिर्ता गर्यो « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

फेला पारेको ३३ हजार प्रहरीले फिर्ता गर्यो


यलम्वर टाइम्स
२० कार्तिक २०७४, सोमबार ०५:४७

अर्जुनधारा । प्रहरी चौकी शनिश्चरेले केही आवश्यक कागजातसहित फेला पारेको ३३ हजार ७५० रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ ।

अर्जुनधारा–९ निवासी छविलाल पाठकको पर्ससँगै नगद र कागजपत्र प्रहरी चौकी शनिश्चरेले फेला पारेपछि उनलाई फिर्ता गरिएको चौकीका ट्राफिक प्रमुख जनक खड्काले बताए । हराएको सामग्री फिर्ता लिँदै पाठकले चौकीलाई धन्यवाद दिएका थिए ।

यसरी नै शनिश्चरेबाट हराएकी ३ वर्षीय खुशी तामाङलाई अभिभावकको जिम्मा लगाएको छ । खुशी हराएको निवेदन उनका बाबु रञ्जीत तामाङले चौकीमा दिएपछि खोजीमा खटिएको टोलीले उनलाई अर्जुनधाराको गढीगाउँमा फेला पारेको थियो ।