उद्यमशिल महिला संघ अर्जुनधाराको प्रथम वार्षिक साधारणसभा सम्पन्न « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

उद्यमशिल महिला संघ अर्जुनधाराको प्रथम वार्षिक साधारणसभा सम्पन्न


यलम्वर टाइम्स
२७ कार्तिक २०७४, सोमबार १०:१४

अर्जुनधारा । महिलाहरुको नेतृत्व क्षमतामा विकास गर्दै आर्थिक स्तरलाई उकास्ने उद्देश्यका साथ स्थापना भएको नेपाल उद्यमशिल महिला संघ अर्जुनधाराको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सोमबार शनिश्चरे बजार स्थित आफ्नै कार्यालय परिषरमा प्रथम वार्षिक सभा उद्घाटन गर्दै अर्जुनधारा नगरपालिकाका उपप्रमुख कमला खतिवडा आचार्यले महिलाहरु संगठित भएर अगाडि बढे कसैले पनि आक्रमण गर्न नसक्ने बताइन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उपप्रमुख आचार्यले महिलाहरुको क्षमता विकास गर्दै सृजनात्मक बनाउन सफल होस् भनी शुभकामना दिँदै नगरपालिकाले यस संघको उन्नतिको लागि सक्दो सहयोग गर्ने बताइन् । उनले आगामी दिनमा संघले गर्ने कार्ययोजना पेश गरे नगरपालिकाको सहयोग रहने बताइन् ।

कार्यक्रममा मौरी पालन व्यवसायमा नेपाल भरीबाटै तेस्रो पुरस्कार विजेता संघकी सदस्य हेलन खरेललाई प्रमुख अतिथि उपप्रमुख आचार्यले खादा र फूलले सम्मान गरेकी थिइन् ।

कार्यक्रममा महिला नेतृ देवकला प्रसाई, वडा नं. ८ का सदस्य सुशिला सुवेदी, उद्यमशील जिल्ला सदस्य ऐश्वर्या पाण्डे, दिपा खरेल लगायतले प्रथम वार्षिक साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उद्यमशील महिला संघ अर्जुनधाराकी अध्यक्ष सरु बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष देवीमाया पोखरेलले गरेकी थिइन् ।

संघ सदस्य गीता अधिकारीले सञ्चालन गरेको कार्यक्रममा वार्षिक प्रतिवेदन अध्यक्ष बुढाथोकी र लेखा प्रतिवेदन सचिव सुशिला ढकाल काफ्लेले वाचन गरेकी थिइन् ।

साधारणसभापछि प्रमुख अतिथि, अतिथिहरुसँग तस्वीर लिँदै उद्यमशिल महिला संघका पदाधिकारी तथा सदस्यहरु ।