अर्जुनधारा नगर क्षेत्रका जनतालाई मतदान गर्न उत्प्रेरित गरिने « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

अर्जुनधारा नगर क्षेत्रका जनतालाई मतदान गर्न उत्प्रेरित गरिने


यलम्वर टाइम्स
४ मंसिर २०७४, सोमबार ०९:२१

अर्जुनधारा । मतदान गर्न नगरवासीलाई उत्प्रेरित गर्दै मतदाता शिक्षामा खटिएका स्वयम्सेवकहरुलाई आवश्यक सहयोग गरे जनता उत्साहित भएर मतदान गर्न जाने कुरा अर्जुनधाराका नगरप्रमुख हरिकुमार रानाले बताए ।

नगर सभाकक्षमा सोमबार विभिन्न राजनीतिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु बीच भएको भेलामा प्रमुख रानाले सो कुरा बताएका हुन् । कार्यक्रममा मतदाता शिक्षाका लागि खटिआएका स्वयम्सेविकाहरुलाई वडा अध्यक्ष र वडा सदस्यले मात्र नभई राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिहरुको पनि उत्तिकै दायित्व भएको हुँदा यहाँहरुको उल्लेखीय आवश्यक भएको प्रमुख रानाले जोड दिए ।

कार्यक्रममा नगर अधिकृत राधाकृष्ण खतिवडाले मतदान गर्ने कार्यमा जनता उत्साहित भए नगरपालिका क्षेत्रमा रहेका मतदाताहरुको अधिकार हनन् हुने थिएन ।

नगरप्रमुख हरिकुमार रानाको संयोजकत्वमा भएको कार्यक्रममा एमालेका लक्ष्मी चम्लगाई, नेपाली कांग्रेसका सन्तोषकुमार श्रेष्ठ, माओवादी केन्द्रका दिपेन्द्र लम्साल, नयाँ शक्तिका श्याम घिमिरे, ससफोका सृजलाल चौधरी, माओवादी केन्द्रका भुपेन्द्र न्यौपाने, अर्जुनधारा उद्योग वाणिज्य संघका सचिव चतुर्भुज काफ्ले, लालिगुराँस सहकारी संस्थाकी मेनुका पौडेल लगायतले मतदाता शिक्षा सम्बन्धि आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष भैरव खड्का, वडा नं. ५ का ध्यानबहादुर भारती, वडा नं. ४ का दुर्गाप्रसाद दाहाल, वडा नं. २ का रघुनाथ खनाल लगायतले मतदाता शिक्षालाई प्रभावकारी बनाउने बताएका थिए ।

भेलाको छलफलपछि आम मतदातालाई मतदाता शिक्षा लिन उत्प्रेरित गर्ने निर्णय गरिएको थियो ।