डा.गोविन्द केसीले भने– इजलासमा आफ्नो कुरा राख्छु « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

डा.गोविन्द केसीले भने– इजलासमा आफ्नो कुरा राख्छु


यलम्वर टाइम्स
२६ पुष २०७४, बुधबार ०६:२७

काठमाडौं । अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसीले इजलाससमक्ष आफैं बयान दिने भएका छन् ।

उनको लिखित बयान मंगलबार नै भएको थियो । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले दिएको थियो । आज सुनुवाइ हुनेछ ।

उनीविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा परेको छ ।डा. केसीलार्ई पनि अदालतमा उपस्थित गराइएको छ । उनले बहसका क्रममा पनि आफ्नो कुरा आफैं राख्ने बताएका छन् । उनका वकिल ओमप्रकाश अर्यालले भने, ‘पहिला म आफ्नो कुरा राख्छु, त्यसपछि मात्र तपाईहरुले बहस गर्नु होला भन्नु भएको छ ।’

अनलाइनखबरबाट