२ वर्षीय बालिकाको उपचारमा सहयोग जुट्दै « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

२ वर्षीय बालिकाको उपचारमा सहयोग जुट्दै


यलम्वर टाइम्स
१५ माघ २०७४, सोमबार ११:५५

दमक । झापा दमक–७ की अस्वभाविक टाँउको बढेकी २ बर्षीया बालिका पबित्रा चौधरी खवासको उपचारमा लायन्स क्लव अफ माउण्ट एभरेष्टको सक्रियतामा दमक नगरपालिकाले बनाएको उपचार कोषमा ६२ हजार सहयोग गरिएको छ । बालिकाको आर्थिक अभावले अहिलेसम्म उपचार हुन सकेको थिएन ।

नोवेल अस्पताल बिराटनगरमा उपचाररत रहेकी बालिकाको सहयोगार्थ लायन्सकर्मीहरुले ब्यक्तिगत रुपमा सहयोग जुटाएर कोषमा यो सहयोग गरिएको क्लवका अध्यक्ष रुद्र गौतमले बताएका छन् ।

क्लवका तृतीय उपाध्यक्ष मनोज अग्रवाल, लायन्सकर्मी गोकुल श्रेष्ठ, बिमल खतिवडा, कृष्णभक्त सुबेदी, अशोक चौधरी, राम थपलिया, तीर्थनारायण श्रेष्ठ, केन्द्र प्रसाई सहितले गरेर ५१ हजार रुपैयाँ कोषमा जम्मा गरिएको गौतमले जानकारी दिए ।

तृतीय उपाध्यक्ष अग्रवालका अनुसार लायन्स क्लव मार्फतनै कल्पना सुेबदीले ५ हजार १ सय र जय श्रेष्ठ तथा शान्ति पाख्रिनले ५ हजार रुपैयाँ उपलब्ध गराएकाले त्यो पनि कोषमा जम्मा भएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी, प्रशासकीय अधिकृत युवराज दाहाल सहित नगरपालिकाले ३ दिनअघि उद्धार गरेर उपचारका लागि नोवेल अस्पताल पुर्याएको थियो ।

बालिकाको उपचारमा सहयोग गर्न इच्छुकहरुका लागि नगरपालिकाले नै प्रभु बैकमा सहयोग कोषका लागि खाता समेत खोलेको छ । दमक नगरपालिकाका अनुसार दमक नगरपालिका (राहत कोष) खाता नंं०१४००१००९८४६१२०००००१ (प्रभु बैक) मा सहयोग गर्न सकिन्छ ।

आइतबार दमक नगरपालिकाका प्रशासकीय अधिकृत युवराज दाहाल, क्लवका अध्यक्ष रुद्र गौतम, उपाध्यक्ष मनोज अग्रवाल, सदस्य बुद्धिशेखर भट्टराई सहितको टोली नोवेल अस्पताल पुगेर बालिकाको उपचारको बिषयमा चासो राख्दै बिशेषज्ञहरुसँग छलफल समेत गरेको थियो ।