आत्मविश्वासले दिएको सफलता « Yalambar Times
२ माघ २०८१, बुधबार

आत्मविश्वासले दिएको सफलता


यलम्वर टाइम्स
२५ माघ २०७४, बिहीबार ०५:४५

[सन्देश सुब्बा]

पाँचथर । एउटा भनाई छ– कोशिस गर्नेहरु कहिल्यै हार्दैनन् । कल्पना योङहाङ लिम्बूको जीवनमा पनि यो भनाई लागु हुन्छ । द हाइल्याण्ड आर्ट कल्पना ढाका तथा बुटिक उद्योगका सञ्चालक हुन् उनी । जुन काठमाण्डौंको गोकर्णमा रहेको छ ।

दश बर्ष अघि उद्योग सुरु गरेकी हुन् कल्पनाले, १५ हजार लगानी गरेर । लगानी गर्नलाई त्यो बेला त्यति नै पैसा थियो कल्पनासँग । थोरै लगानीमा ब्यवसाय सुरु गरेकी कल्पनाले सुरुवाति दिनमा अनेकौं चुनौंतिको सामना गर्नुप¥यो । आफ्नो व्यवसायको प्रचार–प्रसार गर्न र बजार खोज्ने काम फलामको चिउरा चपाउँनु जस्तै भयो उनलाई । कहिले काँही लाग्थ्यो– व्यवासय नै छोडिदिउँ । तर हार्ने मन बनाउँन सकिनन् उनले । संघर्षलाई निरन्तरता दिइन् । अन्ततः जीत आफ्नो हातमा पार्न सफल भइन् ।

लिम्बू जातिको मौलिक पहिरन तागावा र मेख्ली बन्छ, द हाइल्याण्ड आर्ट कल्पना ढाका तथा बुटिक उद्योगमा । त्यस्तै ढाकाजन्य सबै प्रकारका सामग्री पनि बन्छन् । एकै ठाउँ विभिन्न पहिरनहरुको डिजाइन र उत्पादन हुन्छ । भारत, सिंगापुर, हङकङ, अमेरिका, मलेशिया र युरोपियन मुलुक नेदरल्याण्ड लगायतका देशमा बिक्री–वितरण हुन्छ । जसमध्ये अधिकांश स्थानमा ब्राञ्च समेत छन् । नेपालका विभिन्न बजार त छँदैछ ।

आफ्नो डिजाइन तथा उत्पादनका तागावा र मेख्लीमा सजिएका मोडलहरुको माँझमा कल्पना ।

अहिले हाइल्याण्ड आर्ट कल्पना ढाका तथा बुटिक उद्योग तीन करोड मूल्य बराबरको बनेको छ । जबकी दश वर्ष अघि कल्पनाले १५ हजारबाट व्यवसाय सुरु गरेकी थिइन् । यो सफलतालाई आफ्नो अबिचलित व्यवसायिक यात्राको उपज ठान्छिन् कल्पना । भन्छिन्– ‘संघर्षले सफलतासम्म पु¥याउँछ, तर बीच बाटोबाट फर्किनु हुँदैन, मैंले गरेको कर्मले मलाई यहीं पाठ सिकायो ।’

उनको उद्यागले अहिले बार्षिक २५ लाख बढी आम्दानि गर्छ । दुई सय जनालाई रोजगारी दिलाएको छ । एउटी सामान्य महिलाले आफ्नै बलबुताले यति गर्नु ठूलो कुरा हो ।

यसबीचमा कल्पनाले ढाकाबिदको उपाधि हाँसिल गरिन् । २२ सय बढी महिलाहरुलाई ढाका बुनाईमा दिक्षित गराइन् । उनको जीवनी समेटिएको डकुमेन्ट्रि ‘थाक् थाक्मा’ (तान बुन्नु) निर्माण भएको छ । अब ढाकाको इतिहास र आवश्यक ज्ञान–सिप प्रदान गर्ने पुस्तक प्रकाशनको तयारीमा छिन् ।

मौलिक लिम्बू पहिरन तागावा र मेख्लीको परम्परागत डिजाइनमा केही परिमार्जन गरेर कल्पनाले नयाँ डिजाइन दिइन् । त्यो काम गर्दा उनले मौलिकता बिगारेको भन्दै आलोचना समेत खेप्नुप¥यो । तर लिम्बू विज्ञहरुसँगको लामो छलफल र परामर्शबाट त्यो काम गरेकी हुन् कल्पनाले । जसले तागावा र मेख्लीको प्रवद्र्धन र लोकप्रियतामा नयाँ आयाम थपिएको कल्पनाको दावी छ ।

मिस नेपाल २०१४ सुविन लिम्बूले मिस वल्र्डमा सहभागि हुँदा लगाएको मेख्लीको डिजाइन हाइल्याण्ड आर्टमै गरिएको थियो । मिस वल्र्डमा सहभागि नेपाली सुन्दरी लिम्बू पहिरनमा सजिएको त्यो नै पहिलो हो ।

व्यवसाय गर्नलाई अन्य पनि थुप्रै अप्सनहरु थिए । कसरी यहीँ व्यवसाय अंंगाल्न पुगिन त कल्पनाले ? उनी विगत खोतल्छिन– पूर्वी पहाडी जिल्ला पाँचथरको याङवरक गाउँपालिका–४, थर्पु गाउँमा उनको जन्म भयो ।

उनलाई सम्झना हुँदासम्म गाउँघरको प्रायः प्रत्येक लिम्बू घरमा तान बुन्ने संस्कार थियो । घरमा बुनेको त्यहीँ तानले झण्डै ८० प्रतिशत गर्जो टथ्र्यो । उनको घरमा पनि आमाले तान बुन्थिन् । उनले आमासँगै तान बुन्न सिकिन् ।

दिनभर तान बुन्नु, रातभर रुवाबाट धागो बनाउनु, लिम्बू समाजमा परिवारको भविष्य र सपना बुन्नु मानिन्छ । किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य समेत रहेकी कल्पना भन्छिन्– ‘तान बुन्ने संस्कारसँग लिम्बू जातिको गहिरो सम्बन्ध छ । हाम्रो मुन्धुम (वेद) मै युमा (लिम्बू समुदायको आदिम महिला) ले तान बुन्ने गरेको कथा वर्णन गरिएको छ । अहिले सबै समुदायका महिलाहरुका लागि यो काम आयआर्जनको गतिलो माध्यम बनेको छ । यसलाई राज्यले थप प्रबद्र्धन गरे धेरै महिला आत्मनिर्भर बन्नेछन् ।’

वि.सं.२०१९ सालमा बाबु सुभानसिं योङहाङ र आमा आसरानी योङहाङको कोखबाट पाँचथरको थर्पु गाउँमा जन्मेकी कल्पना योङहाङ लिम्बू आमाबाट सिकेको सीपले यसरी देश–बिदेशमा चिनिइन् । जुन उनको आत्मविश्वास र निरन्तरको संघर्षले सम्भव भयो ।