झापा गोल्डकपको तेस्रो संस्करण फागुन १९ बाट हुने « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

झापा गोल्डकपको तेस्रो संस्करण फागुन १९ बाट हुने


यलम्वर टाइम्स
१ फाल्गुन २०७४, मंगलवार ०५:२१

अर्जुनधारा । झापा गोल्डकपको तेस्रो संस्करण झापा गोल्डकप २०७४ सञ्चालन हुने भएको छ ।

मोफसलकै सर्वाधिक पुरस्कार राशी भएको झापा गोल्डकप २०७४को तेस्रो संस्करण फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुन लागेको हो ।

प्रतियोगितामा विभागीय टिमसहित १० वटा क्लबको प्रतिस्पर्धा हुन लागेको झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए । प्रतियोगितामा झापा ११ सहित मनाङ मस्र्याङ्दी, थ्री स्टार, हिमालयन शेर्पा, रुपन्देही ११ र मोफसलका टिमको प्रतिस्पर्धा हुने गिरीले बताए ।

मंगलबार पत्रकार सम्मेलन गर्दै झापा फुटबल क्षेत्रको उर्भर भूमिसँगै पर्यटकीय जिल्ला निर्माण गर्न सबै लाग्नुपर्ने फुटबल संघका अध्यक्ष जलकुमार गुरुङले बताए ।

प्रतियोगिता स्थानीय डोमालाल रंगशालामा हुने जानकारी गराउँदै झापा गोल्डकप मुलुककै नमुना गोल्डकपको रुपमा स्थापित गराउन सहकार्य र सहयोग निरन्तर रहेको जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा आयोजक टिमका सबै पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।