अर्जुनधारामा पहिलो पटक राजपत्र सार्वजनिक « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

अर्जुनधारामा पहिलो पटक राजपत्र सार्वजनिक


यलम्वर टाइम्स
९ फाल्गुन २०७४, बुधबार ११:३२

अर्जुनधारा । प्रदेश सभासद वृख प्रधानले अर्जुनधारा राजपत्र सार्वजनिक गर्दै नगर र नगरवासीलाई समृद्ध बनाउनका लागि यस राजपत्रले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

शहीद उद्यायन पार्क सालबारीमा बुधबार आयोजित सार्वजनिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका झापा क्षेत्र नं. २ ‘ख’ का सभासद प्रधानले नगरका जनताका निम्ती कसरी राम्रो शासन ल्याउने भन्ने विषयमा छलफल गरेर राजपत्र ल्याइएको हुँदा यसलाई अक्षरस कायम गर्दै अगाडि बढ्नु पर्ने निर्वाचित प्रतिनिधिहरुलाई अनुरोध गरेका थिए ।

नगरलाई समृद्ध बनाउन जनप्रतिनिधि मात्र नभई नगर कर्मचारीहरुको पनि ठूलो हात रहने भएको हुँदा कर्मचारीलाई समेत जनताको उत्तरदायित्व बहन गर्न आग्रह गरे ।

सभासद प्रधानले यो राजपत्र नगरमा बन्नु भनेको सिंहदरबार नगरमा आइसकेको अनुभूति गराउन निर्वाचित नगरका प्रतिनिधिहरुलाई अनुरोध गर्दै नगरको समृद्धिमा आफूले पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उद्यायन पार्कको हलमा आयोजित कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सालबारी पार्कमा राजपत्र सार्वजनिक गरिएको बताउँदै नगरलाई समृद्धिको पाइलामा पुर्याउन नगर सक्रिय रहेको हुँदा यस क्षेत्रका सचेत संघसंस्था बुद्धिजीविहरुको सरसहयोग आवश्यक भएको बताए । त्यसमा निर्वाचित बोर्ड सदस्य, नगर सदस्य तथा वडा सदस्यहरुको अह्म भूमिका रहनेमा जोड दिए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता भुपेन्द्र न्यौपाने जनताको भावनालाई सम्बोधन गरेर अगाडि बढ्न अनुरोध गर्दै राजपत्र ल्याउन सफल भएकोमा शुभकामना व्यक्त गरेका थिए । अग्रज पत्रकार दिपीन राईले नगरले गरेका विकासका हरेक कार्यक्रम प्रेसलाई जानकारी गराउन अनुरोध गर्दै समृद्ध नगर बनाउन प्रेसको अह्म भूमिका रहने बताए । माई पूर्व पहिलो पटक राजपत्र प्रकाशित गरेकोमा अर्जुनधारा नगरपालिकालाई धन्यवाद दिएका थिए ।

नगरका प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले राजपत्र जनताको भावना र विकासको मार्ग दर्शन भएको हुँदा समृद्ध नगर बनाउन अह्म भूमिका हुने बताए ।

नगरका उपप्रमुख कमला खतिवडा आचार्यले उपस्थित सबैमा स्वागत गर्दै पहिलो पटक ल्याइएको राजपत्र भएको हुँदा समेट्ने कार्यमा पछि नहट्ने बताइन् ।

नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको कार्यक्रममा एमाले नगर प्रमुख प्रेमसागर सापकोटा, राप्रपाका मानबहादुर कार्की, शिक्षा प्रमुख जानुका गुरागाईं, कृषि प्रमुख शालीग्राम भट्टराई शैक्षिक अभियान्ता अर्जुन भट्ट, सम्पूर्ण वडाध्यक्ष, वडा सदस्य, बोर्ड सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा नं. ९ का वडाध्यक्ष पुष्पकुमार प्रसाईले गरेका थिए ।