भित्रेपत्रिका विद्यालयको गहना: नगर शिक्षा प्रमुख गुरागाईं « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

भित्रेपत्रिका विद्यालयको गहना: नगर शिक्षा प्रमुख गुरागाईं


यलम्वर टाइम्स
२७ असार २०७५, बुधबार ०८:५३

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा तीन दिने बालभित्रे पत्रिका तालिम सुरु भएको छ ।

बुधबारबाट सुरु भएको तालिमको उद्घाटन गर्दै नगर शिक्षा प्रमुख जानुका गुरागाईंले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सृजनालाई भित्रे पत्रिकामार्फत उजागर गर्न सजिलो हुने बताए ।

प्रमुख अतिथि समेत रहेका गुरागाईंले भित्रे पत्रिका आफैमा विद्यालयको गहना भएको हुँदा यो तालिमले आफ्नो विद्यालय सुन्दर बनाउन सहयोग पुग्ने छ ।

अर्जुनधारा बाल क्लबका अध्यक्ष निशा कुईकेलको सभापतित्वमा भएको उद्घाटन समयमा अग्रज पत्रकार दिपीन राई, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, नगर बाल सञ्जालका संरक्षक शिक्षक गंगा पोखरेल, शिक्षक महासंघका नगर अध्यक्ष पुण्य सुवेदीले भित्रे पत्रिका तालिम विद्यार्थीहरुका लागि उपयोगी भएको बताए ।

महिला तथा बालबालिका शाखा प्रमुख पवित्रादेवी बास्कोटाले सञ्चालन गरेको कार्यक्रममा उपस्थित सबैमा स्वागत नगरपालिका लेखा प्रमुख मदनकुमार पौडेलले गरेका थिए ।

अर्जुनधारा नगरपालिकाका महिला तथा बालबालिकाको आयोजनामा भएको तालिममा प्रशिक्षक दिपीन राई, कुमार भट्टराई र रमेश समदर्शी रहेका छन् ।