पहिरोले लियो एकै परिवारका ५ सदस्यको ज्यान « Yalambar Times
७ आश्विन २०८१, सोमबार

पहिरोले लियो एकै परिवारका ५ सदस्यको ज्यान


यलम्वर टाइम्स
१३ भाद्र २०७५, बुधबार ११:४४

सल्यान । अविरल बर्षाका कारण सल्यानको बागचौर नगरपालिका ४ मा गएको पहिरोमा परि एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

गएराति परेको वर्षाले घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा रामसिंह, उनकी श्रीमती रामकला, छोरीहरु गंगा, प्रमिला र छोरा रुपलाल रहेका छन् । ११ वर्षीया छोरी सुनितालाई भने जिवितै उद्धार गरिएको छ । सुनिताको अवस्था सामान्य रहेको प्रहरीको जनाएको छ ।

राति सुतिरहेको बेला वर्षाले घरमा क्षति पुर्याई भत्किएपछि उनीहरु च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको टोली पुगेको छ । स्थानीयबासी र सीमाखोली प्रहरी इकाइको टोलीले उद्धार गरेको थियो ।