स्वास्थ्य चौकी अर्जुनधारालाई एम्बुलेन्स हस्तान्तरण « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

स्वास्थ्य चौकी अर्जुनधारालाई एम्बुलेन्स हस्तान्तरण


यलम्वर टाइम्स
१७ भाद्र २०७५, आईतवार १२:०७

अर्जुनधारा । स्वास्थ्य सेवामा आम जनताको पहूँच छिटो र सुलभ तरिकाले पुर्याउन आईतबार स्वास्थ्य चौकी अर्जुनधारालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

अर्जुनधारा नगरपालिकाको परिषरमा एक कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख रानाले स्वास्थ्य चौकी अर्जुनधाराका इन्चार्ज अनुशा कार्कीलाई एम्बुलेन्सको साँचो प्रदान गर्दै हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा प्रमुख रानाले गास, बाँस, कपाससँगै स्वास्थ्य मानिसको जन्मसिद्ध अधिकार भएको बताउँदै स्वास्थ्य चौकीमार्फत सञ्चालित यस एम्बुलेन्स यस क्षेत्रका आम नागरिकको सेवामा दत्तचित्तका साथ लाग्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद बृख प्रधानले स्वास्थ्य विभागबाट प्राप्त एम्बुलेन्स जनताको सेवामा समर्पित गर्दै यसको व्यवस्थापनमा बेलैदेखि चासो दिनुपर्नेमा जोड दिए ।

नेपाल सरकार अन्तर्गत स्वास्थ्य सेवा विभाग टेकुबाट प्राप्त उक्त एम्बुलेन्स ९ लाख ९९ हजार ५ सय मूल्य बराबरको रहेको छ ।

हस्तान्तरण कार्यक्रममा समाजसेवी केदार पराजुली, स्थानीय वुद्धिजीवि, वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।