बुद्धशान्तिमा फेरी भुसिया कुकुरको आक्रमण « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

बुद्धशान्तिमा फेरी भुसिया कुकुरको आक्रमण


यलम्वर टाइम्स
१८ भाद्र २०७५, सोमबार ११:२२

६० बढी खशी बाख्रा मार्यो

बुद्धशान्ति । भुसिया कुकुरको आक्रमणले बुद्धशान्ति–१ स्थित स्थानीय किसानले पालेको बाख्रालाई आक्रमण गरी ६० वटाभन्दा बढी मारेको र कयौं घाईते बनाएर छाडेको छ ।

गाउँकै कुकुर साँझपख जंगलमा प्रवेश गरेर शिकारी शैलीले आक्रमण गर्दा हर्कबहादुर तामाङ, बसन्त तामाङ, कुमार श्रेष्ठ र भगिरथ घिमिरेको ४ वटा बाख्रा फर्मबाट ४० वटाभन्दा बढी मारेको र अन्य स्थानीयहरुको २० भन्दा बढी मारेको वडाध्यक्ष मिलनकुमार नेवारले बताए ।

कुकुरले बाख्रालाई मारेर रगत खाने र छाड्ने गरेको वडाध्यक्ष नेवारले बताए ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलका अनुसार पशु ऐन अधिकार अन्तर्गत कुकुरलाई मार्न नमिल्ने भएकोले पशु शाखा अन्तर्गत बन्ध्याकरण अभियान थालिने योजना रहेको बताए ।

यसरी नै बुद्धशान्ति–२ मा पछिल्लो पटक पुनः ४ वटा बाख्रा कुकुरले मारेको बताइएको छ ।