एसईई चैत १० बाट सुरु हुने « Yalambar Times
७ आश्विन २०८१, सोमबार

एसईई चैत १० बाट सुरु हुने


यलम्वर टाइम्स
२९ माघ २०७५, मंगलवार १२:०६

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन मन्त्री पोखरेलको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा परीक्षाको तयारीका सन्र्दभमा विभिन्न सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाई, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीका सन्र्दभमा चासो व्यक्त गरेका थिए ।

परीक्षा भयरहित र व्यवस्थित हुनुपर्ने बताउँदै मन्त्री पोखरेलले प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा विषेश ध्यान दिनुपर्ने बताए ।

बैंठकमा प्रश्नपत्र छपाई कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको छ ।

यस वर्ष कुल १९६१ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए ।

उनले यस बर्ष प्रदेशगत रुपमा अनिवार्य ६ बिषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए ।

बरालले उत्तरपुस्तिका परीक्षणका लागि करिब ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने पनि जानकारी दिए । एसईई परीक्षा आगामी चैत्र १० गतेदेखि शुरु हुँदैछ ।
(कृपया ः फोटो पनि छ ।)