नेपाल सुदूरपूर्व पल्लो किरात प्रदेशको सिंगो मुटुको रुपमा अवस्थित किरात ऐतिहासिक स्थलको नाउँ हो ‘विजयपुर’ । एक समयको कुरा हो । यसको ऐतिहासिक महत्वहरुको जानकारी लिने विचारले होला करिब वि.सं. २०२२ देखि २०२७ सालको अन्तरमा हुन सक्छ धरान नगरपालिका कार्यालयबाट एउटा सूचना प्रकाशित भएको थियो । सूचनाको विवरण अनुसार धरान नगरपालिका स्थित विजयपुरको ऐतिहासिक तथ्य जानकारी लिन आवश्यक परेकोले यो सूचना गरिएको छ कि ऐतिहासिक स्थल विजयपुरको बारेमा खोज अनुसन्धानपूर्ण उल्लेख भएको लेख विज्ञ लेखकहरुबाट आव्हान गरिन्छ । प्राप्त खोजपूर्ण लेखहरुको मूल्याङ्कन गरी उत्कृष्ट ठहरिएको लेखलाई उचित पुरस्कारको व्यवस्था छ भन्ने सूचना थियो । त्यो सूचनाको आव्हानलाई मध्यनजर राखी किरात साहित्य एवम् बइतिहासकार श्री इमानसिंह चेम्जोङले तत्काल सूचना अनुसारको लेख तयार गरी प्रतियोगितामा सहभागी हुने जमर्को गर्नुभएको थियो ।
विजयपुरको ऐतिहासिक लेख तयार गर्ने सिलसिलामा विद्वान इमानसिंह चेम्जोङले लिम्बूवान मुलुकका श्रोत व्यक्तित्वहरुसँग भेट सम्वाद गरी सोध खोज गर्दा पाइएका आधिकारिक दस्तावेजहरु, लालमोहरहरु, लिखित पाण्डुलिपिहरु र विदेशी विद्वानहरुबाट प्रकाशित पुस्तक पुस्तिकाहरुको समेत प्रमाणित आधार लिएर ‘किरातकालिन विजयपुरको संक्षिप्त इतिहास’ नामक शिर्षक दिएर एउटा वृहत ऐतिहासिक लेख तयार गर्नुभयो । सो लेखको कपी गरी एक कपी आपूmले राखेर एक कपी धरान नगरपालिकालाई बुझाएकोमा के भएर हो अन्तमा नगरपालिकाले त्यसको मूल्याङ्कन नतिजा पनि प्रकाशन गरेन बरु लेखनै लापत्ता पारिदियो ।
यस प्रकारले स्व. इमानसिंह चेम्जोङको अथक प्रयासद्वारा तयार गरिएको कपीलाई तत्पश्चात धेरै सालपछि नेपाल साहित्य परिषद दार्जिलिङबाट वि.सं. २०३१ सालमा उक्त ‘किरातकालिन विजयपुरको संक्षिप्त इतिहास’ लाई पुस्तकका रुपमा प्रकाशित गरेको कुरा श्री इमानसिंहको दीर्घकालिन मित्र झापा बिर्तामोड निवासी श्री गुञ्जमान सुब्बाद्वारा प्रष्ट भएको छ । तसर्थ यसै पुस्तकमा उल्लेखित विजयपुरको स्थापना सम्बन्धीत सार यहाँ उद्यृत गरिएको छ ।
वि.सं. १४२१ देखि लिम्बूवान प्रान्त तराइमा साङलाइङ नामक एक लिम्बू राज गर्दथे । उनको दरबार बाराताप्पा (धरानको आसपास) मा थियो । उनको राज्य सीमाना पूर्वमा टिष्टा नदी, पश्चिममा कोशी नदी, उत्तरमा साँगुरी गढी (हालको भेडेटार लाइन) र दक्षिणमा जलाल गढ (हालको भारत पूर्णिया जिल्ला) सम्म कायम रहेको थियो । यस प्रकाले साङलाइङ राजाले मोरङ राज्यमा पुरै अधिकार जमाएको थियो । साङलाइङका पुर्खाहरु आसाम कामरुपबाट आएका कोच धरानका थिए भनेर पनि यदाकदा भनेको पाइन्छ । तर किरात वंशावलीमा साङलाइङ राजा साक्वादेन लिम्बू थिए भनी लेखिएको छ ।
स्व. इमानसिंह चेम्जोङको लेख अनुसार साङलाइङको वंशावली यस प्रकार पाइन्छ । जस्तै राजा साङलाइङका छोरा पुङलाइङ (अमर राय), उनका छोरा किर्तिनारायण राय, उनका छोरा अपनारायण, का छोरा इङदिननारायणका छोरा विजयनारायण समेत जम्मा सात पुस्तासम्मको रायवंशी राजाहरुको वंशावली उल्लेख भएको पत्र पान्थर स्यावरुम्बा बस्ने तत्बालिन सुब्बा रत्नबहादुर लिम्बूबाट प्राप्त भएको छ भनी स्वयं स्व. इमानसिंह चेम्चोङबाट उल्लेख भएको पाइन्छ ।
स्व. इमानसिंह चेम्जोङको लेख अनुसार साङलाइङको वंशावली यस प्रकार पाइन्छ । जस्तै राजा साङलाइङका छोरा पुङलाइङ (अमर राय), उनका छोरा किर्तिनारायण राय, उनका छोरा अपनारायण, का छोरा इङदिननारायणका छोरा विजयनारायण समेत जम्मा सात पुस्तासम्मको रायवंशी राजाहरुको वंशावली उल्लेख भएको पत्र पान्थर स्यावरुम्बा बस्ने तत्बालिन सुब्बा रत्नबहादुर लिम्बूबाट प्राप्त भएको छ भनी स्वयं स्व. इमानसिंह चेम्चोङबाट उल्लेख भएको पाइन्छ ।
राजा साङलाइङ किरात मतका थिए र किराती धर्म संस्कार पालक थिए भने उनका छोरा पुङलाइङका पालामा हिन्दूमत ग्रहण गर्नुपर्ने परिस्थिति बनियो । कारण हिन्दू ब्राम्हणहरुको ललाईफकाई र उल्कामा परेर पुङलाइङले हिन्दू मत अनुसारको अमर राय नामक पदवीले सुशोभित भए । यिनै अमर रायदेखि लगातार छ पुस्तासम्मका किरात लिम्बू राजाहरुले आफ्नो नाउँको अन्तमा राय उल्लेख गर्दै आएको पाइन्छ । तिनै हिन्दू मतका प्रभावले गर्दा प्रत्येक किराती लिम्बू, खम्बू, आठपहरिया, याक्खा, लोहरुङ र याङफूहरुले आफ्नो नाउँको अन्त्यमा राय अथवा राई भनी धेरै किरातीहरुले अद्यवधि लेख्न छोडेका छैनन् । यसकारण हिन्दू मतका कुटिल खेल बुझेर लिम्बूहरुले धेरै समय पहिलेदेखि राय वा राई छोडि लिम्बू लेख्न प्रजातन्त्र आएपश्चात याक्खाहरुले पनि संस्थागत रुपमा याक्खा नै लेख्न थालेका छन् भने आठपहरिया, लोहरोङ र याङपूm किरातहरुले चाहिं राई नै लेखेको ज्वालन्त प्रमाण पाइन्छ ।
अब बुझौं विजयपुर स्थापनाको बारेमा । माथि उल्लेखित अन्तिम राजा विजयनारायण लिम्बूले लिम्बूवान प्रदेश फेदापथुंको राजा मुरेहाङ खेवाङसँग मित्रता कायम गरी दुवैको सहमतिबाट साँगुरी गढी र वाराताप्पा गढीको मध्यस्थानमा नयाँ शहर बसाई त्यो शहर (राजधानी) को नाउँ आफ्नो नामसँग जोडेर विजयपुर राखिएको हुँदा त्यस अवधिदेखि विजयपुर नामले प्रख्यात भएको हो भनी स्व. इमानसिंह चेम्जोङद्वारा लिखित किरातकालिन विजयपुरको संक्षिप्त इतिहासले प्रष्ट खुलाएको छ । त्यतिमात्र नभएर विजयनारायण रायले अझ विजय भारती नाम परिवर्तन गरी घोषणा गरेका थिए ।