साधुटार । भ्रमण वर्ष २०२० चलिरहँदा धार्मिकताको उत्कृष्ठ थलो अर्जुनधारा नगरपालिका हुन सक्छ । प्राकृतिक सम्पदाले भरिपूर्ण मात्र होइन, धार्मिक सहिष्णुताले पनि अर्जुनधारा अब्बल छ ।
हो, आज बुधबार भ्रमण वर्ष राज्य पक्षबाट मनाइरहँदा पत्रकारहरुको एउटा टोली अर्जुनधारा नगरपालिकाको वडा नम्वर १ अन्तर्गत साधुटार पुग्ने मौका मिल्यो । थुप्रै सम्भावना बोकेको साधुटार पुग्दा त्यहाँका गुरु सुरेन्द्र घिमिरे र संस्थापक केदारनाथ खतिवडाले साधुटारको सम्भावनाका विषयमा प्रकाश पारेका थिए ।
२०३३ सालबाट सञ्चालनमा आएको साधुटारको शंकराचार्य पीठको इतिहास दर्शाए । संस्थापक अध्यक्ष समेत रहेका केदारनाथ खतिवडाले निम्तो पत्र दिँदै असंख्यक प्रचारका भण्डार तपाईहरु साधुटारमा मानव प्रवेश गर्ने बाटो बनाइदिनु है ! नत्र यहाँ अध्ययन गरेका बटुकहरुको अवस्था नाजुक हुनेछ ।
०३३ सालबाट अनुष्ठान लाग्दै आएको साधुटारमा माघ १ बाट श्रीमद अग्नी महापुराण वाचन हुने भएको छ । देशी–परदेशीहरुबाट पुराण श्रवण गर्न आउने भएको गुरुकूलका शिक्षक सुरेन्द्र घिमिरेले बताए । घिमिरे यही शंकराचार्य पीठबाट अध्ययन गरि शिक्षक बनेका हुन् ।
विद्युतीय नक्साङ्कन अनुसार २६.७४९९१ अक्षांश र ०८८.०१६२० देशान्तर र समुद्री सतहबाट १३१ मिटर उचाईमा रहेको साधुटार सबै वर्ग सम्प्रदायको संघन वस्ती रहेको छ । त्यही वस्तीभित्र शंकराचार्य पीठ रहेको छ । पीठलाई उचाईमा पुर्याउन गुरु लक्ष्मी खतिवडा, छन्दु भण्डारी सक्रिय छन् ।
महत्वपूर्ण र पौराणिक कथासँग जोडिएको साधुटार कुनै बेला सन्तमहन्तहरु यही साधुटारमा तपस्या गरेर ज्ञान आर्जन गरेको कथा संस्थापक अध्यक्ष केदारनाथ बताउँछन् । विकासको क्रमसँगै यस पीठमा सिद्धेश्वरी शिवालय निर्माण प्रारम्भ भएको छ भने ५ दशक पुरानो स्वामीको रुख यही तपोभूमिमा पाइन्छ ।
गौ रक्षकसँगै गुरुकूलका विद्यार्थीहरुको लागि आवास निर्माण भएको देखिन्छ । यस पीठले पूवाञ्चलकै शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला र सिद्धेश्वरी कामदा गौशाला निर्माणमा जुटेको छ ।
धर्म, संस्कृति रक्षाको लागि साधुटार पछि हटेको छैन । मूल व्यासमा महागुरु फाल्गुनन्दको तस्वीर राखेर गुरु फाल्गुनन्दले दिएको उपदेश हिन्दू सनातनीभित्र विशिष्ट स्थान रहेको संस्थापक केदारनाथ खतिवडा बताउँछन् ।
१ गतेबाट हुने श्रीमद् अग्नी महापुराणका लागि गुरु लक्ष्मी र छन्दु आ–आफ्नो ढंगबाट प्रचारमा लागेका शिक्षक घिमिरे बताउँछन् । बिर्तामोडबाट १२ किलोमिटर उत्तरमा रहेको उक्त धाममा विभिन्न क्षेत्रका बटुकहरु भेला भएर अध्ययन गरेको हामी पाउँछौं ।
हिंड्ने बेलामा संस्थापक खतिवडाले पत्रकारहरुमाझ भने, ‘बटुकहरुलाई सहयोग गर्न पनि मानव सागर साधुटारमा पठाइदिनु पर्यो ।’