पूर्वी पहाडहरु त्यसै पनि रमाइलो छ । त्यसमा पनि मेची अञ्चलको पाँचथर त्यसभित्र लुकामारी खेल्दै रमाएको फिदिम बजार । सौन्दर्यतामा अडिएको नगर भएको हुँदा पाँचथर जिल्लाको यस बजारसँग विभिन्न कारणले थुप्रै साइनोहरु जोडिन पुगेको थियो ।
पहाडकी रानी भनेरै चिनिन्छ फिदिम बजारलाई त्यस क्षेत्रमा साहित्यकारदेखि पत्रकारहरुको उत्तिकै उर्भर थलो हो भन्ने लाग्छ । बौद्धिक व्यक्तित्वदेखि लिएर राज नेताहरुको बलियो उपस्थिति भएको थलो हो पाँचथर जिल्ला । समय–समयमा विभिन्न कार्यक्रम भइरहँदा पाँचथर जिल्लासँग साइनो सम्बन्ध गाडा हुँदैगएको पनि थियो । कहिले साहित्य, कहिले पत्रकारिता त कहिले कला, संगीतसँग आवद्ध भएपछि पाँचथर जिल्लासँग साइनो गाढा हुनु स्वाभाविक नै हो ।
साइनो जोड्दै जाँदा मेरो चिनजानमा पाँचथर जिल्लाका पुराना व्यक्ति हुन् प्रेम ओझा । जो फिदिम बजारमा बसोबास गर्दै साहित्य र पत्रकारिता क्षेत्रमा आफ्नो पहिचान बनाउनु भएको छ । जीवनसँग रमाउँदै शिक्षाप्रेमीका रुपमा पाँचथरबासीको सेवामा अतुलनीय योगदान छ उहाँको भन्ने मलाई लाग्छ ।
पाँचथरमा एक पत्रकारिता तालिममा सहभागी हुन पुग्दा प्रेम दाइले म आएको थाहा भएपछि आफ्नो प्लस टु विद्यालयमा एक घण्टा प्रोत्साहन पत्रकारिता तालिम दिनु पर्यो भन्नु भयो । पत्रकारितामा चाख राख्ने २५–३० जना विद्यार्थीहरु छन् भनी निम्तो दिनुभयो ।
आफू पत्रकारिताको विद्यार्थी अनि काम गर्दै आएको पेशाकर्मी भएकोले एक घण्टा समय दिनु त्यति ठूलो कष्ट हुन्छ जस्तो लागेन । त्यसैले भोलिपल्ट बिहान उहाँको कञ्चनजङ्गा उच्च माविमा पुगी विद्यार्थीहरुसँग साक्षरता गरियो ।
म पुग्दा पनि थप परिचय दिएर मलाई पत्रकारिताभित्रको बादशाह बनाइदिनुभयो । मसँगै हाल बहालवाला मन्त्री बसन्त नेम्वाङका स्वकीय प्रेस सल्लाहकार सन्दीप झझल्को पनि हुनुहुन्थ्यो । विद्यार्थीहरुसँगको परिचयमा सन्दीपजीले मेरो वर्णन गर्दै बंकर पुस्तकका लेखकदेखि प्रखर संस्मरणकार भनेर उच्चारण गर्नुभयो ।
पत्रकारितामा चाख राख्ने विद्यार्थीहरुकै उपस्थिति रहेको थियो । प्रेम दाइले विद्यार्थीहरुसँग अघिल्लो दिन मेरो परिचय दिनु नै भएको रहेछ । म पुग्दा पनि थप परिचय दिएर मलाई पत्रकारिताभित्रको बादशाह बनाइदिनुभयो । मसँगै हाल बहालवाला मन्त्री बसन्त नेम्वाङका स्वकीय प्रेस सल्लाहकार सन्दीप झझल्को पनि हुनुहुन्थ्यो । विद्यार्थीहरुसँगको परिचयमा सन्दीपजीले मेरो वर्णन गर्दै बंकर पुस्तकका लेखकदेखि प्रखर संस्मरणकार भनेर उच्चारण गर्नुभयो ।
प्रेम दाइले अघिल्लो दिन विद्यार्थीहरुलाई पत्रकारिताबारे जानकारी गराइदिनु भन्नु भएपछि मनमा कुरा त खेल्ने नै भयो । कस्ता–कस्ता विद्यार्थीहरु होलान् ? कहाँ–कहाँबाट पढ्न आएका होलान् ? प्रेम दाइले प्रोत्साहन र पत्रकारिताभित्रको उर्जा राखिदिनु भनेर अनुरोध गरेपछि सोच्दासोच्दै भुस्सुक्कै निदाइएछ ।
बिहानपख विद्यालय पुग्दा पत्रकारिताको विषयमा कौतुहल्ता बोकेका करिब २०–२२ जना विद्यार्थीहरु कोठामा प्रतिक्षा गरेर बसिरहेका थिए ।
पत्रकारिता लेखनशैलीभन्दा वाकशैलीमा विद्यार्थीहरुलाई प्रष्ट्याएपछि सबै विद्यार्थीहरु चनाखो भएर ध्यान दिइनै रहे । एक घण्टासम्म मीठो र प्रोत्साहनका शब्दहरु खर्चिनु भन्नु भएपछि त्यस्तै शब्द पोखियो । राजा, महाराजा, नेतादेखि चलचित्रका नायक, नायिका र चोर, फटाहदेखि माथि सम्झेर पत्रकारिता गर्नुपर्छ जस्ता शब्द भन्दै जाँदा उर्जाशील विद्यार्थीहरुमा पत्रकारिताप्रति इच्छा जाग्नु स्वाभाविक नै थियो ।
विद्यार्थीहरुमाझ अनुभाव शेयर गर्दै जाँदा एक घण्टा बितेको पत्तै भएन, त्यतिकैमा बिदा हुनुअघि बोर्डमा मेरो ठेगाना, फोन र इमेल लेखेर बिदा भएँ ।
फिदिममा भएको सात दिने पत्रकारिता तालिम सकिएको भोलिपल्ट झापा झर्ने तर्खरमा थिएँ । त्यतिकैमा अपरिचित नम्वरबाट कल आयो– ‘सर ! सर…. म क्या म…।’
मैले भनें, ‘म भनेको को हो ?’
‘नाम त भन्दिन सर… । अस्ति कञ्चनजङ्गा विद्यालयमा पत्रकारिता लेक्चर दिनुभएको होइन त ?’
मैले भनें, ‘को हौ त ?’ त्यतिकैमा फोन काटियो । झापा झर्न प्राइभेट गाडी कुरिरहेको थियो । पुनः फोन आयो । ‘सर ! म क्या म… ।’ मैले भनें, ‘के नाम, कहाँबाट ?’ उत्तर आएन । पुनः फोन टु..टु.. गर्यो । काटियो । रिङटोन यस्तो थियो (…….फुलको थुङ्गा बगेर गयो गंगाको पानीमा ।)
पटक पटक कल आइनै रह्यो । त्यही नम्वरबाट । नाम नभनेपछि उठाइनँ । मनमा कुरा खेल्यो, मीठो स्वर छ । फोन आइरहन्छ । तर नाम भन्दिनन् । को होला ? किन फोन गरेको होला ? भन्ने लाग्यो ।
म भने गाडीको सुरसारमा थिए । शनिबारको दिन थियो । बिहान खाजा खाएर करिब ८ः३० बजे फिदिमे पत्रकार साथीभाइहरुको बिदाईसँगै झापातर्फ हुइँकिएँ ।
गाडीमा बस्दैमात्र थिएँ, पुनः त्यही नम्बरबाट कल आयो । रिङटोनसँगै गीत बज्यो फुलको थुङ्गा बगेर गयो……..
मैले पुनः उठाएर भने, ‘तपाई को हो ? म त गाडीमा छु, झापा झर्दैछु’ भनेपछि ‘कहाँ पुग्नुभयो’ भनी प्रश्न गर्दा मैले पनि लोकेशन ढाँटेर भनें ‘पौवा काट्न लागे त ।’
लोकेशन ढाँटेपछि हतार हतार कल गर्नेले परिचय दिइन्, ‘सर म सिर्जना । हजुरले अस्ति पत्रकारिता विषय जानकारी गराउँदा अघिल्लो कुर्सीमा बस्ने’ स्वा… स्वा.. हुँदै आत्तिदै ।
कक्षामा सिर्जना नाम त सुनेको तर ठम्याउन सकिनँ । तै पनि भनें, ‘फोन गर्दा नाम किन नभनेको नि !’
मोवाइलबाटै सिर्जनशील स्वरमा ‘डर लाग्यो नि त सर.. ।’ त्यतिकैमा ‘सर… परिचय दिन ढिलो गरेछु । गाडीले डाँढा काटिहालेछ । यस्तै भयो सर भेट हुन सकेन ।’
मधुरो स्वरमा यसरी भनेपछि मैले हिंड्दै गरेको लोकेशन प्रस्ट भन्न पुगेँ । ‘अहिले सैनिक क्याम्पको डाँडा हुँदै जाँदैछु ।’
त्यसो भनेपछि तिनी खुशी हुँदै ‘आहा ! भेट हुने रहेछ सर’ भनी फोनमा खुशी प्रकट गरिन् ।
को होला ? कसरी चिन्ने, कहाँ भेट हुन्छ भन्ने विषयमा ममा चिन्ता छायो । उनी फोनमा विभिन्न जिज्ञासा राख्दै गइन् । पत्रकारिता पेशाको खुब वर्णन गरिन् । मैले मन–मनै सम्झें पत्रकारिता पेशा फलामको चिउरा चपाए जस्तै भए पनि प्रेम दाइले प्रोत्साहनसहित भनिदिनु भनेकाले प्रोत्साहित गर्दै पीडाका विषय ओकल्न सकिनँ । उनको वर्णनमा धन्यवाद भन्दै गएँ ।
ताप्लेजुङबाट हिंडेको गाडी थियो । म त्यही गाडीमा लालीखर्क आएपछि गाडी लगायत प्यासेन्जरहरु खाना खान लागे । करिब ३० मिनेट लाग्यो । सिर्जनाले भन्दै थिइन्, ‘१० मिनेट भए पनि गुरुजीलाई पर्खनु लगाउनुपर्छ म पनि अनुरोध गर्छु ।’
मैले भनें, ‘कहाँ ?’
ताप्लेजुङबाट हिंडेको गाडी थियो । म त्यही गाडीमा लालीखर्क आएपछि गाडी लगायत प्यासेन्जरहरु खाना खान लागे । करिब ३० मिनेट लाग्यो । सिर्जनाले भन्दै थिइन्, ‘१० मिनेट भए पनि गुरुजीलाई पर्खनु लगाउनुपर्छ म पनि अनुरोध गर्छु ।’
मैले भनें, ‘कहाँ ?’
बल्ल उनले सही ठेगाना ओकलिन् । ‘सर पौवा भञ्जाङ पुग्न एक किलोमिटर ओर, कान्छी बजारबाट पल्लो स्टेण्ड । त्यही स्टेण्डमा सिर्जना (साइली) को घर कहाँ भनेपछि सबैले देखाइदिन्छन् । म स्टेण्ड नजिकको पानीको धारामा गाग्रीमा पानी थाप्दै बस्नेछु ।’
करिब १५ मिनेटपछि उनले भनेको लोकेशनमा गाडी पुग्यो । मैले गाडीका गुरुजीलाई पनि अनुरोध गरेको थिएँ, ‘गुरु पौवा ओर्तिरको स्टेण्डमा १० मिनेट रोकौं है ।’
गुरुले पनि टाढा टाढा पुग्ने यात्रुहरु छन् चाँडो गर्नुहोला भन्दै मेरो अनुरोधलाई स्वीकारेका थिए । नभन्दै सिर्जनाको घर भएको स्टेण्ड आइपुग्यो ।
उनी फोनबाट भने जस्तै धाराबाट पानी थाप्दै थिइन् । म हतार हतार उत्रिएँ । बीच बाटोबाट चिनेर होला ‘सेवारो छ है सर… ।’
उनको स्वागतसँगै गाडीले हतार छ भन्दै गरेको कुरा सुनाएँ । ‘त्यस्तो के थियो होला अलिक भ्याइन्न कि !’ भन्दा सिर्जनाले अनुरोध गरिन्, ‘सर.. एक्कै छिन् । हाम्रो घर पुगौं न । बरु गाडी गुरुजीलाई म पनि अनुरोध गर्छु ।’
नभन्दै गुरुजीसँग अनुरोध गरिन् । म पनि उनको घरतर्फ लागें ।
उनको घर बाटै मुन्तिर रहेछ । घरमा आमाबुबा र आफन्तहरु रहेछन् । मेरो परिचय अघिनै दिएकी रहेछिन् सिर्जनाले । उनको घरमा पाइला टेक्न नपाउँदै ‘सर नमस्कार !’ भने उनका घरका मान्छेहरुले ।
सिर्जनाले भनिन्, ‘उहाँले कक्षा कोठामा मोटिभेट गरेको पत्रकारिता विषय साह्रै राम्रो रहेछ । म पनि त्यही विषय अध्ययन गर्छु’ भनेर प्रस्ताव राखिन् । म तीन छक्क परें । के के नै होला भनेर कौतुहल्ता छाएको थियो मेरो मनमा । तर, सिर्जनाले स्नातकमा पत्रकारिता पढ्ने विषयमा परिवारजनलाई सिफारिस गरिदिनु भन्न खोजेको प्रस्ट पाएँ ।
मैले पनि सिर्जनाको विचार र उनले सोचेर अध्ययन गर्छु भनेको कुरा राम्रो छ भन्दै पत्रकारिता अध्ययन गर्दा फाइदा हुने कुरा राखिदिएँ । हतार थियो । गाडीको हर्न बज्दै थियो । त्यतिकैमा उनको परिवारसँग बिदा मागें । बाटोमा उभिएर सिर्जनाले हात हल्लाउँदै बिदाइ गरिन् ।
गुरुजीले पनि गाडी अगाडि बढाएँ । लामो यात्रा गाडीमा गीत घन्कियो ।
डाइभर म माइलो गाडी गुडाउँदै………..