रुकुम घटना: झापाको काँकरभिट्टा र अर्जुनधारामा पनि विरोध « Yalambar Times
६ आश्विन २०८१, आईतवार

रुकुम घटना: झापाको काँकरभिट्टा र अर्जुनधारामा पनि विरोध


यलम्वर टाइम्स
१७ जेष्ठ २०७७, शनिबार ०९:३८

काकरभिट्टा । रुकुममा भएको घटनाको सत्य तथ्य सार्वजनिक माग गर्दै झापाका क्रियशिल दलित समाजका अगुवाहरुले बिरोध प्रदर्शन गरेका छन् ।

झापाको काँकरभिट्टामा बिरोध प्रदर्शनपछि कोणसभामा सम्बोधन गर्दै दलित अगुवाहरुले भने, ‘जातकै कारण दलितहरुले कहिलेसम्म मर्नु पर्ने भयो सरकार ?

कोण सभामा दलित अगुवा छबिलाल विश्वकर्मा, ध्रुर्व कनाल, टिकाराम मंग्राती, हर्कमाया विक, पत्रकार सन्तोष आचार्य लगायतले घटनामा मुछिएकालाई उन्मुक्ति दिनु नहुने बताए ।

घटनालाई राजनीति करण गरेर दलगत संक्षण गरेर दलितमाथि अपमान नगर्न अनुरोध समेत गरे ।

यसरी नै अर्जुनधारामा पनि जातीय विभेद विरुद्धका पम्प्लेट र सचेतना मुलुक ब्यानरका साथ भौतिक दुरीका साथ र्यालीको आयोजना गर्दै विरोध जनाएको छ ।

दलित समन्वय समिति अर्जुनधारा नगरपालिकको आयोजनामा भएको र्याली शनिश्चरेको देवकोटा चोकबाट सुरु भइ खुदुनाबारी रोड सब्जीमण्डी पिपल चोक हुँदै पुनः देवकोटा चोकमै आएर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा मुक्ति समाज जिल्ला कमिटी अध्यक्ष भोला परियारले उक्त घटनाले देशभरका ६० लाख दलितलाई आघात पुर्याएको बताए ।

दलित समन्वय समिति अर्जुनधाराका अध्यक्ष मोहन पौडेलीको सभापतित्वमा आयोजित विरोध कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेल, लिम्बूवानका केन्द्रीय सदस्य इन्द्र लिम्बू, महिला अधिकारकर्मी पम्फा विश्वकर्मा, दलित आयोगका सदस्य राजकुमार बराइली, दलित संघका केन्द्रिय सदस्य हस्त परियार, बुद्धिजीवी खगेन्द्र विश्वकर्माले आ–आफ्नो धारणा राखेका थिए ।

दलित समन्वय समिति अर्जुनधाराका सचिव नरेश खातीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन हचुमासा सामुदायिक वनका अध्यक्ष युवराज लोहारले गरेका थिए ।