अन्तर्राष्ट्रिय झापाली समाजबाट झापाका स्थानीय तहलाई भीटीएम किट « Yalambar Times
६ आश्विन २०८१, आईतवार

अन्तर्राष्ट्रिय झापाली समाजबाट झापाका स्थानीय तहलाई भीटीएम किट


यलम्वर टाइम्स
२३ जेष्ठ २०७७, शुक्रबार १२:४६

अर्जुनधारा । अन्तर्राष्ट्रिय झापाली समाजले झापाका विभिन्न स्थानीय तहलाई कोरोना संक्रमितको परीक्षणका लागि आवश्यक पर्ने भीटीएम किट उपलब्ध गराएको छ ।

समाजका उपाध्यक्ष नवीन पोखरेलसहितको टोलीले अर्जुनधारासहित झापाको कनकाई, बिर्तामोड नगरपालिका र हल्दिवारी गाउँपालिकालाई एक एक सय किट उपलब्ध गराएको हो ।

झापाली समाजले नगरपालिकामा थ्रोट स्वाब संकलनमा आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट उपलब्ध गराएको थियो ।

समाजले झापाका १५ वटै स्थानीय तहलाई एक एक सय किट उपलव्ध गराउने समाजका उपाध्यक्ष पोखरेलले जानकारी दिए ।

विपद्को यो क्षणमा विभिन्न मुलुकमा रहेका नेपाली दाजुभाईहरुले नेपाललाई सम्झिएर किट उपलव्ध गराउनु आफैंमा राम्रो भएको भन्दै अर्जुनधारा नगरप्रमुख हरिकुमार रानाले भने, ‘आफू बाँचिन्छ कि मरिन्छ भन्ने अवस्थामा अरुलाई रोग मुक्त बनाउन थालिएको अभियान प्रशंसनीय छ ।’