डेल्टा प्लस भेरियन्ट अझ संक्रामक हुनसक्ने विज्ञको चेतावनी « Yalambar Times
५ आश्विन २०८१, शनिबार

डेल्टा प्लस भेरियन्ट अझ संक्रामक हुनसक्ने विज्ञको चेतावनी


यलम्वर टाइम्स
७ कार्तिक २०७८, आईतवार ०७:४६

एजेन्सी । कोरोना भाइरसको नयाँ म्युटेसन (डेल्टा प्लस) डेल्टा भेरियन्टभन्दा पनि संक्रामक हुनसक्ने विज्ञले चेतावनी दिएका छन् ।

डेल्टा भेरियन्टलाई सबैभन्दा संक्रामक मानिँदै आएकोमा बेलायती विशेषज्ञले डेल्टा प्लस भेरियन्ट थप संक्रामक हुन सक्ने चेतावनी दिएका हुन् ।

बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले यसलाई अनुसन्धानको क्रममा रहेको भेरियन्टको रुपमा राखेको छ ।

यद्यपि अहिलेसम्म डेल्टा प्लस भेरियन्ट धेरै संक्रामक रहेको कुनै दरिलो प्रमाण पाइएको छैन । वैज्ञानिकले अहिले प्रयोग भइरहेका कोरोना खोप यो भेरियन्टमा पनि प्रभावकारी हुने बताएका छन् ।

अहिले बेलायत र अमेरिकाको केही स्थानमा कोरोना संक्रमणमा डेल्ट प्लस देखिएको छ । तर, नयाँ भेरियन्टको रुपमा राख्नुपर्ने गरी यसको संक्रमण नदेखिएको विशेषज्ञहरुको भनाइ छ ।