जुत्ता कारखानामा आगलागीः ६ वटा बरुणयन्त्र परिचालन गरे पनि अझै नियन्त्रण बाहिर « Yalambar Times
५ आश्विन २०८१, शनिबार

जुत्ता कारखानामा आगलागीः ६ वटा बरुणयन्त्र परिचालन गरे पनि अझै नियन्त्रण बाहिर


यलम्वर टाइम्स
२० माघ २०७८, बिहीबार १०:०३

काँकरभिट्टा । मेचीनगर–६ काँकरभिट्टामा रहेको एसएस फुटवेयर जुत्ता कारखानामा भएको आगलागी नियन्त्रणका लागि ६ वटा बरुणयन्त्र परिचालन गरिएको छ ।

मेचीनगर–६, स्थित बर्मेली टोलको एसएस फुटवेयर जुत्ता कारखानामा जुत्ता उद्योगमा भएको आगलागी नियन्त्रणका लागि ६ वटा बरुणयन्त्र प्रयोगमा ल्याएपनि अझै आगो नियन्त्रणमा आएको छैन ।

आज विहीबार दिउँसोबाट भएको आगलागी के कारणले हो खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगो नियन्त्रणका लागि बरुणयन्त्रसँगै प्रहरी, स्थानीय नागरिक घटनास्थलमा खटिरहेका छन् ।

श्याम खेतानले सञ्चालन गर्दै आएको जुत्ता कारखानामा ठूलो मात्रामा तेलका ट्याङकरहरु रहेकाले आगलागीबाट ठूलो क्षती हुनसक्ने स्थानीयले बताएका छन् । अहिले तेलको ट्याङकरहरु निकाल्ने काम भइरहेको छ ।

आगलागीका कारण कच्चा पदार्थसहित अन्य सामग्री जलेर नष्ट भएको छ भने क्षतिको पूर्ण विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।