एमसीसी पारित भए भूमिपूत्रहरु संकटमाः हिमाली नेता येङदेन « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

एमसीसी पारित भए भूमिपूत्रहरु संकटमाः हिमाली नेता येङदेन


यलम्वर टाइम्स
२८ माघ २०७८, शुक्रबार ०९:१२

सालबन्दी । राष्ट्रिय जनमुक्ति पार्टीका हिमाली नेता प्रकाश येङदेनले एमसीसी राष्ट्र हित विपरित भएको बताउँदै सम्झौता भए यहाँका भूमिपुत्रलाई संकट आईपर्ने बताए ।

पहिचान र स्वाधिनतामा रमाउने नेपालका आदिवासी मुलबासी जनजाति, मधेसीहरुलाई थाहा नदिई आफू खुशी सम्झौता गरे सहमतिमा जुट्ने ठूला दलहरुले जनतालाई विकास नभई अझ रैती बनाएर राज गर्ने सोचमा रहेको खुलासा गरे ।

अर्जुनधारा–१ सालबन्दी स्थित पार्टीका सक्रिय कार्यकर्ता फिपरानी एक्तेनको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष तथा हिमाली नेता प्रकाश येङ्देनले अगाडि भने, एमसीसी पारित गर्ने दललाई आगामी चुनावमा लोप्पा खुवाइदिनु पर्ने दिन आएको बताए ।

वडा नं. १ का पार्टी अध्यक्ष कविमाया गर्बुजा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सचिव कृष्णकुमार थेवे, लिम्बूवान राज्य परिषद संयोजक इन्द्र थलङ, झापा जिल्ला सल्लाहकार भरतसिंह दुमी, नगर अध्यक्ष राज खम्बू लगायतको उपस्थिति रहेको थियो ।

वडा सचिव सोम एक्तेनले समवेदनापत्र वाचन गरेका थिए भने उक्त पत्र स्व. फिपरानी एक्तेनका छोरा पार्टी सदस्य धिरज एक्तेनले बुझेका थिए ।