बरुणका सम्पादक रहेनन् « Yalambar Times
५ आश्विन २०८१, शनिबार

बरुणका सम्पादक रहेनन्


यलम्वर टाइम्स
९ फाल्गुन २०७८, सोमबार ०९:४२

झापा । झापा भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिकका सम्पादक माया पकुवालको निधन भएको छ ।

भद्रपुरबाट महिला हस्ती पत्रकारका रुपमा काम गर्दै आएकी हाँक्की स्वाभावकी पकुवाल आज सोमबार बिहान ३ बजे निधन भएको हो । उनको उपचार भद्रपुरकै ओमसाई हस्पिटलमा हुँदै आएको थियो ।

बिगत दुइ दशक अघिबाट पत्रकारितामा आवद्ध पकुवाल ५ वर्षअघि मृगौला प्रत्यारोपण गरि पत्रकारिता क्षेत्रमा काम गर्दै आएकी थिइन् । पकुवालाई उनका जेठाजु सौरव प्रधानले मृगौला प्रदान गरेका थिए ।

विभिन्न संघसंस्थामा आवद्ध पकुवाल नारी सञ्चार गृह, प्रेस चौतारी, प्रसश क्लबमा आवद्ध थिइन् । उनको श्रीमान सञ्जय छोरी ऋचा र इशा सहित सपरिवार बस्दै आएका थिए ।

उनको आज स्थानीय मेची खोलामा दाहसंस्कार गरिने भएको नारी सञ्चार गृहकी पूर्व अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिइन् ।

स्व. पकुवालको दिवंगन्त आत्माको चीरशान्तिको कामना गर्दै यलम्वर टाइम्स हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।