बजार भाउ आकाशियो, सर्वसाधारण मारमा, अनुगमन कसले गर्ने ? « Yalambar Times
५ आश्विन २०८१, शनिबार

बजार भाउ आकाशियो, सर्वसाधारण मारमा, अनुगमन कसले गर्ने ?


यलम्वर टाइम्स
२३ चैत्र २०७८, बुधबार ११:३०

फायल फोटो

अर्जुनधारा । कोरोनाको पीडापछि चुनावको मुखमा आईरहँदा दैनिक उपभोग्य वस्तुहरुको भाउ आकाशिएको छ ।

वस्तुभाउ बढेसँगै मिसावटको समस्या पनि त्यतिकै देखिएको छ । बजारमा आउने अधिकांश मसलाजन्य सामग्रीमा मात्र होइन, खानेतेल जस्ता वस्तुहरुमा मिसावटले उपभोग गर्ने मानिसहरुको स्वास्थ्य जीवनमा खेलबाड भएको देखिन्छ ।

केही दिनअघि एक सय २५ रुपैयाँ पर्ने सेलो तेल एक सय ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता गाउँबस्तीमा त्यतिकै छ । १८ रुपैयाँ पर्ने आयो नुनलाई २५ रुपैयाँ तिर्नुपर्ने बिवस्ता छ ।

रुस र युक्रेनमा भएको लडाईको नाम दिँदै मूल्यवृद्धि गर्नुपर्ने कुनै तथ्य नभए पनि युद्धका कारण नेपालमा मूल्यवृद्धि भएको भनी सरल जवाफ दिँदै उपभोग्य सामाग्रीमा भाउ कसेको उपभोक्ताहरुको भनाई छ ।

नेपाल सरकार अर्थ मन्त्रालयका अधिकारीले चुनावको छेउछाउमा मूल्यवृद्धि हुने कुरामा आशंका नभएको बताएका छन् । तर, दुइ महिनाअघिबाट यसरी आकाशिने गरि मूल्यवृद्धि गराउनुलाई स्थानीय सरकारकै कमजोरी रहेको उल्लेख छ ।

अनुगमनका कार्यहरु स्थानीय सरकारले हेर्ने हो । आफ्ना जनताले कस्ता चिज सेवन गर्दैछन् भनेर उपप्रमुखको उपस्थितिमा अनुगमन गर्नुपर्ने हो । तर, उपप्रमुख विकासका योजनाका कामको अनुगमनमै व्यस्त भएको कारण बजारहरु मनपरीतन्त्रबाट चलेको जानिफकारहरुको भनाई छ ।

गाउँका धेरै बजारहरुमा ढक, तराजुको अनुगमन हुन छाडेको छ । अनुगमन नहुँदा उपभोक्ताहरु ठगिएको नाम नछाप्ने शर्तमा वाणिज्य संघका एक पदाधिकारीले बताए ।