म हिन्दू धर्मको अनुयायी हुँः नेम्वाङ « Yalambar Times
५ आश्विन २०८१, शनिबार

म हिन्दू धर्मको अनुयायी हुँः नेम्वाङ


यलम्वर टाइम्स
२६ चैत्र २०७८, शनिबार ०१:०९

अर्जुनधारा । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले मुलुक धर्मनिरपेक्ष राज्य भएर सबै धर्मको सम्मान भएको बताएका छन् ।

शुक्रबार अर्जुनधारा–४ स्थित बिन्ध्यावासीनी मन्दिर परिषरमा योगमाया देवीको मूर्ति स्थापना गर्दै उक्त कुरा बताएका हुन् । धर्ममा असल, उपयोगी हिन्दू धर्म नै हो । त्यसमा कुनै खराब पाइदैन । नेपाल हिन्दू राष्ट्र हुँदा पनि कठिन नहुने हो तर, आम नेपाली जनताले धर्म निरपेक्ष माग गरेको हुँदा मुलुक त्यसतर्फ गएको बताए ।

आफू हिन्दू सनातनी धर्मको कटर अनुयायी हूँ । मेरी श्रीमती कोठाभरी हिन्दू देवीदेवताको तस्वीर राखेर पूजापाठ गर्नुहुन्छ । म कतै हिंडे भने टीका लगाइदिएर दुइ वटा सिक्का हातमा दिनुहुन्छ । म बाहिर निस्कदा ढोकाको छेवैमा रहेको कलशमा लगाएर जान आग्रह गर्नुहुन्छ । त्यो काम म सधै गर्छु । एक दिन हतारको काम थियो । श्रीमतीले दुइ वटा सिक्का दिनुभएको थियो । भद्रपुरसम्म आइपुग्दा त्यो सिक्का गोजीमै रहेछ । उपस्थित धर्मानुरागीहलाई उक्त कुरा बताउँदै एकछिन हसाउँन पुगे ।

प्रमुख अतिथि समेत रहेका नेम्वाङले योगमाया देवीको मूर्ति प्रदान गर्ने समाजसेवी दुर्गा प्रसाईको खुलेरै प्रशंसा गरे । उनले यस्ता दाता सबैतिर भइदिए मुलुक विकासको एउटा चरणमा पुग्ने पनि बताए ।

राजनीतिक कुरा कम गर्दै हिन्दू धर्मको सकारात्मक व्याख्या गर्दै नेम्वाङले अगाडि भने, ‘हिन्दू धर्ममा थिचोमिचो छैन, मिलेर बस्ने दर्शन भएको हुँदा हिन्दू धर्मको सम्मान सबैले गर्नुपर्छ ।’ उनले बिन्ध्यावासीनी मन्दिरको भौतिक विकासमा आफ्नो सहयोग र साथ रहेको बताए ।