जनमुक्तिद्वारा श्रावण २२ गते कालो दिन भन्दै लिम्बूवान बन्दको आह्वान « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

जनमुक्तिद्वारा श्रावण २२ गते कालो दिन भन्दै लिम्बूवान बन्दको आह्वान


यलम्वर टाइम्स
२१ श्रावण २०७९, शनिबार ०३:५४

अर्जुनधारा । लिम्बूवानको लालमोहर खोसेको भन्दै श्रावण २२ लाई कालो दिनको रुपमा मनाउँदै आएको राष्ट्रिय जनमुक्ति पार्टीले यस वर्ष पनि त्यसलाई निरन्तरता दिने भएको छ ।

पार्टीको लिम्बूवान–खम्बूवान प्रदेश परिषदले प्रत्येक श्रावण २२ गते अरुण पूर्वका ९ जिल्ला बन्द गर्दै आएको छ । यस वर्ष पनि पार्टीले शान्तिपूर्ण आन्दोलन गर्ने भएको जनाउँदै आम व्यापारी वर्ग, विद्यालय, यातायातकर्मी र विभिन्न संघसंस्थालाई बन्दमा सहयोग गर्न आह्वान गरेको छ ।

राज्य एकीकरण गर्ने बहानमा वि.सं. १८३१ श्रावण २२ गते लिम्बूवान क्षेत्रको अधिकार तत्कालिन राजा पृथ्वीनारायण शाहाले लिम्बूवानी जनताको अधिकार खोसेको भन्दै यो पटक पहिचानवादी ३५ घटक राजनीतिक दलले पनि बन्दलाई नैतिक समर्थन गरेको पार्टी उपमहासचिव विष्णु थाङ्देनले जानकारी दिए ।

बन्दको समयमा अवज्ञा गरे त्यसको जिम्मेवार लिम्बूवान–खम्बूवान प्रदेश परिषदले नलिने जनाएको छ ।