किरात गुरुको जन्मोत्सवमा माङसेबुङ बिदा « Yalambar Times
५ आश्विन २०८१, शनिबार

किरात गुरुको जन्मोत्सवमा माङसेबुङ बिदा


यलम्वर टाइम्स
१७ मंसिर २०७९, शनिबार ०२:५६

माङसेबुङ । माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरू आत्मानन्द लिङदेनको जन्मोत्सवको अवसरमा बिदा दिएको छ ।

यसअघि नै पालिकाले गुरुको जन्मोत्सवमा बिदा दिने निर्णय गरेको र त्यसलाई निरन्तरता दिँदै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष हेमन्त राईले सूचना जारी गरी धर्मगुरु लिङदेनको जन्मोत्सवमा १८ मंसिरमा पालिकास्तरमा सार्वजनिक बिदा दिने जानकारी दिएका छन् ।

माङसेबुङमा अधिकांश किरात धर्मावलम्बीहरुको बसोबास छ ।