लागूऔषध सहित महिला पक्राउ « Yalambar Times
५ आश्विन २०८१, शनिबार

लागूऔषध सहित महिला पक्राउ


यलम्वर टाइम्स
२८ मंसिर २०७९, बुधबार ०८:३१

दमक । झापाको दमक नगरपालिका वडा नम्बर ९ की एक महिलालाई प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले मंगलबार दमकबाट ४५ बर्षिया तुलमाया तामाङलाई प्रतिबन्धित लागूऔषध जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो । 

शंका लागेर तामाङलाई चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्राम फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकी तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।