मुन्ना भाईको तेस्रो सिक्वेल बन्ने « Yalambar Times
१७ असार २०८२, मंगलवार

मुन्ना भाईको तेस्रो सिक्वेल बन्ने


यलम्वर टाइम्स
१३ माघ २०७९, शुक्रबार ०५:१८

बलिउड फिल्म मुन्ना भाईको तेस्रो सिक्वेल बन्ने भएको छ । सञ्जय दत्त र अशरद वारसीको मुख्य भूमिका रहेको मुन्ना भाई तत्कालिन समयको हिट फिल्म मध्ये एक हो ।

सो बेला सञ्जय दत्त र अशरद वारसीको क्यामेस्ट्रि खुब जमेको थियो । फिल्मको दोस्रो सिक्वेलन लगे रहो मुन्ना भाईले पनि बलिउडमा धमाका मच्चाएको थियो । दत्त र वारसीको जोडीलाई दर्शकले अत्याधिक रुचाए पनि यसको तेस्रो सिक्वेल बन्नेमा भने कुनै छाटकाट थिएन ।

तर, बलिउड अभिनेता सञ्जय दत्तले आफ्नो अफिसियल पेजमा एक पोष्ट गर्दै अब त्यो पर्खाइ समाप्त भएको बताएका छन् ।

उनले भनेका छन्, ‘हाम्रो पर्खाइ तपाईको भन्दा लामो भयो तर पर्खाइ अन्ततः समाप्त भयो, मेरो भाई अरशद वारसीसँग अर्को रोमाञ्चक चलचित्रको लागि आउँदैछु… तपाईलाई देखाउनको लागि प्रतीक्षा गर्न सक्दिन, साथ रहनुहोस् !’

उनको यो पोष्टबाट मुन्ना भाईको तेस्रो सिक्वेल आउने आंकलन लगाउन सकिन्छ । यदि यो कुरा साँचो भए चाँडै नै सञ्जय दत्त र अशरद वारसीको जोडीलाई पर्दामा देख्न सकिने छ ।