कैदले पर्यापर्यटनः विकाससँगै प्रचारको अभाव « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

कैदले पर्यापर्यटनः विकाससँगै प्रचारको अभाव


यलम्वर टाइम्स
१४ फाल्गुन २०७९, आईतवार ०४:०७

कैदले । जुकेखाडी सामुदायिक क्षेत्रमा रहेको कैदले पर्यापर्यटन वनलाई विकाससँगै प्रचारको अभाव रहेको सरोकारवालाहरुले औल्याएका छन् ।

कैदले हरित भवनमा आयोजित एक अन्तरक्रियामा सम्भावना बोकेको पर्यटकीय क्षेत्र भए पनि विकासका कामहरु निकै बाँकी रहेको कुरा उठेको थियो ।

पर्यटकीय क्षेत्रका उपाध्यक्ष शुक्रराज दुलाल ‘दिपक’ले संघ र प्रदेशसँगै प्राप्त भएको रकमबाट भवन, भुटानी शरणार्थी स्मृति पार्क, पिकनिक स्पर्ट र फाल्गुनन्द पोखरी निर्माणमा केन्द्रीत भएको बताए ।

दुलालले गर्नुपर्ने कामहरु निकै रहेतापनि विकाससँगै प्रचारको अभावमा पछि परेको स्वीकारे । जुकेखाडी सामुदायिक वन अध्यक्ष झरिन्द्रकुमार खड्काले पर्यटकीय क्षेत्रमा उभ्याउन सबैको सहयोग रहेको बताए ।

वनका सचिव नवर्दा दियालीले सञ्चालन गरेको कार्यक्रममा पर्यटन समितिका सल्लाहकार जीवकुमार भण्डारी, सामाजिक व्यक्तित्व ढुण्डीराज गौतम, भोला बराल, दुर्गा न्यौपाने, पत्रकार दिपीन राई, हरि वाग्ले, मिना पन्धाक लगायतले पर्यटनका विषयमा विभिन्न सुझाव राखेका थिए ।

कैदले पर्यटन क्षेत्रमा बहुधार्मिक मन्दिर, शरणार्थी बसोबास गरेका टहरा र फाल्गुनन्द पोखरी रहेका छन् ।