पदमको मृत्युमा ८२ सांसद दोषी « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

पदमको मृत्युमा ८२ सांसद दोषी


यलम्वर टाइम्स
१३ चैत्र २०७९, सोमबार ११:४४

बिर्तामोड । आदिवासी जनजाति कानूनी संगठन (लाहोरनिप) का महासचिव शंकर लिम्बूले पहिचान प्राप्तिका लागि एकजुट हुनुपर्ने बताएका छन् ।

प्रदेश नम्वर १ पुनः नामांकन संर्घष समितिले सोमबार बिर्तामोडमा आयोजना गरेको जागरण अभियानलाई प्रशिक्षण दिँदै कानून विपरित एक पक्षीय ढंगबाट प्रदेशको नामाकरण गरिएको भन्दै त्यसलाई संशोधन गर्नका लागि पहिचान पक्षधरहर एक जुट हुनुपर्ने बताए ।

शान्तिपूर्ण आन्दोलनका क्रममा पदम लिम्बूमाथि प्रहरीले गरेको ज्याजति प्रहरीको मात्र दोष नभई आदेशदाता प्रधानमन्त्री, मोरङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख हुँदै जवानहरुले आक्रमण गरेको हुँदा आदेशकारीहरुलाई कानूनी कठघरामा उभ्याएर छाड्ने महासचिव लिम्बूले चेतावनी दिए ।

हाम्रो आवाज निष्पक्ष ढंगबाट सरकारले सुन्न सकेन भने संयुक्त राष्ट संघको मानव अधिकार संगठनमा उजुरी गर्दै त्यसको न्यायोचितका लागि आह्वान गरिने बताए ।

महासचिव लिम्बूले दलहरुले जारी गरेको विज्ञप्तिप्रति खेद प्रकट गदै संघीयता विरोधिप्रति मतदान गर्ने ८२ जना सांसददहरु पदम हत्याको नायक भएको समेत आरोप लगाए ।

जागरण अभियानमा राजनीतिज्ञ प्राध्यापक तथा संयुक्त संघर्ष समितिका अभियन्ता नन्द कन्दङवाले प्रदेश नम्वर १ पनः नामाङ्कन संयुक्त संघर्ष समितिलाई मोर्चाका रुपमा उभ्याउँदै गाउँ वस्तीसम्म समिति निर्माण गरेर लानु पर्ने सुझाव दिए । उनले कोशी प्रदेश नाम बहुपदीयबाट नभई नश्लीयत चेतबाट रातारात घोषणा गरिएकोमा आपत्ति प्रकट गरे ।

कार्यक्रममा संघर्ष समिति सचिवालय सदस्य सञ्जुहाङ पालुङ्वाले आन्दोलनलाई वैचारिक रुपमा अघि बढाउनु पर्ने बताउदै पदम सुब्बा लाजेहाङ्गको शव अपहेलित अवस्थामा राखिएको हुँदा त्यसको उचित व्यवस्थापन नगरेर राज्यले अझै पनि अपहेलना गरेको बताए ।

संघर्ष समितिका अभियन्ता राम मादेनले संविधानमा अधिकारका कुराहरुलाई कन्जुस्याई गरेर कोशी नामक नाम राख्दै पहिचान पक्षधरलाई दवाउने प्रयास भएको बताए ।

जागरण अभियानमा जनजाति महासंघका उपाध्यक्ष केवलराम राई, जनजाति महासंघका झापाका पूर्व अध्यक्ष भरत श्रेष्ठ, किरात राई यायोक्खाका जिल्ला अध्यक्ष गणेश राई लगायतले आ–आफ्ना विचार राखेका थिए ।

संघर्ष समितिका झापा अध्यक्ष पाण्डवलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा महिला नेतृ सरु सिङ्गक, याक्थुम चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला, राष्ट्रिय जनमुक्ति पार्टीका महिला नेतृ मिना पङ्धाक, वुद्धिजीवी संगठनका देसु वनेम, फोनिजका दिपिन राई लगायतको आतिथ्य रहेको थियो ।

संघर्ष समितिका सचिव सेसेहाङ फियाक र लक्ष्मणज्वेल श्रेष्ठले सञ्चालन गरेको जागरण अभियानमा जिल्लाका सचेत नागरिकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

अभियानलाई मुर्त रुप दिन १४ जिल्लामा जागरण अभियान सञ्चालन हुँदै गएको संघर्ष समितिका सदस्य कुमार साम्योक लिम्बूले बताए ।