झापाली पत्रकारहरुमाझ अर्जुनधारा धामको विशेष पूजा « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

झापाली पत्रकारहरुमाझ अर्जुनधारा धामको विशेष पूजा


यलम्वर टाइम्स
२५ असार २०८०, सोमबार ११:३५

अर्जुनधारा । श्रावणी पर्वको पूर्व सन्ध्यामा पूर्वको प्रसिद्ध धार्मिक स्थल अर्जुनधारा जलेश्वर धामले झापाली पत्रकारमाझ विशेष पूजा गरेको छ ।

तिथिले श्रावण पक्षको पहिलो सोमबार परेको अवसरमा झापाली सञ्चार क्षेत्रसँगको सम्बन्ध थप मजबुद बनाउन र विश्व शान्तिका लागि धाममा विशेष पूजन गरिएको हो ।

पत्रकारहरुको बृहत उपस्थितिमा धामका प्रमुख अर्चक अग्नीप्रसाद सिग्देलले मूल मन्दिरमा विशेष पूजन सहित अभिषेक गरेका थिए । उनले यस वर्षको श्रावणी पर्व हरि र हरको मिलनमा भएको बताउँदै यसको महिमा बारे जानकारी गराएका थिए ।

पूजापछि पत्रकारहरुसँग अन्तरक्रिया गर्दै धामका अध्यक्ष नबिन गट्टानीले धामको अवस्था, भौतिक विकास, अर्थिक अवस्थाका बारेमा र आगामी योजनाहरु बारे जानकारी गराएका थिए । अन्तरक्रियामा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले सुझावसहितको मन्तव्य राखेका थिए ।

कार्यक्रममा धामका कोषाध्यक्ष मनोज जोशी, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी राईलगायत झापाका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन धामका सचिव शिव खतिवडाले गरेका थिए ।