बिर्तामोड–शनिश्चरे सडक खण्ड दशैं अघि बन्ने « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

बिर्तामोड–शनिश्चरे सडक खण्ड दशैं अघि बन्ने


यलम्वर टाइम्स
९ आश्विन २०८०, मंगलवार १०:०४

अर्जुनधारा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दशैं अघि नै बिर्तामोड–शनिश्चरे खण्डको बाटो निर्माण हुने बताएका छन् ।

महानन्द चोकमा स्थानीय जनता र सभामुख बीच भएको छलफलमा चाँडै सडक बन्ने प्रतिक्रिया दिएका थिए ।

सडक विभागको डीई र ठेकेदारलाई सँगै लिएर हिंडेका सभामुखले जनताको अगाडि काम गर्ने र गराउने अधिकार उहाँहरुलाई दिएको हुँदा दशैं अगाडि सडक बन्ने जनतामाझ दोहोर्याए ।
आज (मंगलबार) नै बिर्तामोड–शनिश्चरे र कप्तनबारी–जयपुर सडक क्षेत्रको अवलोकन गरेका थिए ।

अवलोकनमा नगर प्रमुख बलदेव गोम्देन, पूर्व प्रदेश सांसद बृख प्रधान, संविधानसभाका सदस्य प्रेमबहादुर गिरी लगायतको उपस्थिति रहेको थियो ।