शिक्षामा लगानी गर्न आग्रहः अध्यक्ष गणेश « Yalambar Times
७ कार्तिक २०८१, बुधबार

शिक्षामा लगानी गर्न आग्रहः अध्यक्ष गणेश


यलम्वर टाइम्स
२४ कार्तिक २०८०, शुक्रबार १२:११

अर्जुनधारा । किरात राई यायोक्खा जिल्ला अध्यक्ष गणेश चाम्लिङ राईले आफ्ना बालबच्चालाई शिक्षामा लगानी गर्न आग्रह गरेका छन् ।

खाम्बातिम अर्जुनधाराको दोस्रो भेलालाई उद्घाटन गर्दै अध्यक्ष राईले शिक्षा बिना संसार अन्धकार हुने भएको हुँदा लगानी गर्न आवश्यक भएको बताए । सत्ता, शक्ति र गुमेको पूर्खौली भूमी पाउने आधार शिक्षा भएको हुँदा जोड दिएको बताए ।

कार्यक्रममा यायोक्खा अर्जुनधाराका अध्यक्ष विजय राईले खाम्बातिमको सक्रियाता प्रति प्रशंसा गरे । महिला नेतृ कुसुम राई, मिश्रकुमारी राई आदिले जातीय संगठनभन्दा ठूलो अर्को संगठन नभएको बताउँदै आफ्नो अस्तित्व रक्षाका लागि जातीय संगठन विश्वविद्यालय भएको बताए ।

खाम्बातिमका केन्द्रीय सदस्य दिपीन राई, दुमी समाजका अग्रज भरतसिंह राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सभापति क्या. शिवकुमार राईले समापन मन्तव्यमा दशैं तिहार किराँतीको नभएको बताउँदै बलिहाङ दीपावली किराँती पर्वसँगको सम्बन्ध रहेको हुँदा भाइटीका भन्दा पनि बलिहाङ सन्देश मनाउनु पर्ने तर्क राखे ।

यायोक्खा सचिव तथा खाम्बातिमका सदस्य सिंहबहादुर राईले सञ्चालन गरेको कार्यक्रममा इन्द्र चाम्लिङ, राजन चाम्लिङ, रामदल चाम्लिङ, रुपा चाम्लिङ, प्रदिपकुमार चाम्लिङ, प्रेम चाम्लिङ, क्या. मानबहादुर चाम्लिङ राई, सुशिला चाम्लिङ, चन्द्रकला चाम्लिङ, भूपा थुलुङ, श्रीप्रसाद चाम्लिङ, सरीता चाम्लिङ, रविन चाम्लिङ लगायतले आफ्ना विचार प्रकट गरेका थिए ।

भेलाले उपाध्यक्ष पदमा रामदल चाम्लिङ र सहसचिव सिंहबहादुर चाम्लिङलाई सर्वसम्मत नियुक्ति गरेको छ ।