दशैंका लागि नयाँ नोट सटही नहुने « Yalambar Times
५ आश्विन २०८१, शनिबार

दशैंका लागि नयाँ नोट सटही नहुने


यलम्वर टाइम्स
५ आश्विन २०८१, शनिबार ०३:४८

अर्जुनधारा । नेपाल राष्ट्र बैंकले यस पटकको दशैंमा सर्वसाधारणका लागि नयाँ नोट वितरण नगर्ने भएको छ ।

नयाँ नोटको साट्टा यस वर्ष बैंकले सफा र सुकिलो चलनचल्तीका योग्य नोटको सटही गर्ने जनाएको छ । बैंकले असोज १३ गतेदेखि सर्वसाधारणका लागि नोट सटही सुरु गर्ने भएको छ ।

राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो । तर, यसपटक भने नयाँ नोटको सटही हुने छैन । प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने बैंकले जनाएको छ ।

सफा र सुकिलो नोटको मौज्दात रहुन्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो । सटही दिएका नोटको अधिक माग हुने र सटही व्यवस्थापनसमेत झन्झटिलो हुने गरेको थियो ।

दशैंको मुखमा सटही गरिएका नोट उक्त चाडबाड सकिएपछि लामो समय बैंकमै थन्क्याएरै राख्नुपर्ने अवस्था रहने भएकोले यस पटक नयाँ नोट नदिने भएको हो ।