झापा र सुनसरीबाट लागुऔषध सहित ९ नियन्त्रणमा « Yalambar Times
७ आश्विन २०८१, सोमबार

झापा र सुनसरीबाट लागुऔषध सहित ९ नियन्त्रणमा


यलम्वर टाइम्स
७ आश्विन २०८१, सोमबार ०९:१८

झापा । झापा र सुनसरीबाट लागूऔषध सहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले इलाम सुर्योदय नगरपालिका–६ का २८ बर्षीय अनिल प्रधानलाई २ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

झापाको मेचिनगर नगरपालिका–६ स्थित चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै भद्रपुर नगरपालिका–९ का ३१ वर्षिय सरेन किश्कु, मेचिनगर–१४ का २९ वर्षिय रबिन ढोली, कमल गाउँपालिका–२ का २४ वर्षिय साहिल दर्नाल, भद्रपुर–९ का २९ वर्षिय सामेल मगरलाई ४१० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी घोडामाराले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

त्यसैगरी बिशेष सुचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय लौक‍हीबाट खटिएको प्रहरी टोलीले ईटहरी उपमहानगरपालिका–१७ का २४ बर्षीय समिम मिया र रामधुनी नगरपालिका–३ का २८ वर्षिय अमित चौधरीलाई ५ ग्राम २५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय लौक‍ही र लागू औषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ईनरुवा नगरपालिका–५ का ३० वर्षिय रबिन पोखरेल र सिन्धुपालचोक मेलम्ची नगरपालिका–१० का २९ वर्षिय बिकास अधिकारीलाई २१ ग्राम ८७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।