योग्य नागरिक निर्माणमा एनसीसी « Yalambar Times
६ कार्तिक २०८१, मंगलवार

योग्य नागरिक निर्माणमा एनसीसी


यलम्वर टाइम्स
५ कार्तिक २०८१, सोमबार ०८:१७

अर्जुनधारा । युवामा हुने अनुशासन राष्ट्रियताप्रति सच्चा माया र कर्तव्यनिष्ठ नागरिक निर्माणका लागि राष्ट्रिय सेवा दल (एनसीसी) नेपाली जनताका लागि गौरवशाली संगठन भएको कुरा महानिर्देशक सुरेशकुमार कार्कीले बताएका छन् ।

राजधानी स्थित महानिर्देशकको कार्यालयमा यस अखबारका सम्वाददातासँग कुरा गर्दै महानिर्देशक कार्कीले नेपाली सेनाकै मातहतमा रहेर राष्ट्रिय सेवा दल (एनसीसी) ले काम गर्दै आएको बताए ।

उनले एउटा नेपाली नागरिकले देश र जनताका लागि गर्नुपर्ने अनुशासित काम के हो ? देशप्रति किन बफादार बन्ने भन्ने विषयमा शिक्षा दिँदै आएको बताए । उनका अनुसार एनसीसी शिक्षा प्रभावकारी भएकाले आज अधिराज्यभरिका विद्यालयमा एनसीसी चलायमान छ ।

पूर्व याङशिलामा भएको राष्ट्रिय सेवा दलद्वारा अन्तिम समापन कार्यक्रममा सहभागि क्याडेटहरुलाई सम्बोधन गर्दै संस्कारयुक्त नागरिक बनाउँदै सैनिक पोसाकमा रहेर नेपालको भौगोलिक, सांस्कृतिक, जातजातिको उच्च सम्मान गरेर कुशल नागरिक बनाउने सन्देश दिएपछि उपस्थित अभिभावकहरुले पनि गर्वको अनुभूति प्रकट गरेका थिए ।

पछिल्लो पटक महानिर्देशक कार्कीको उपस्थितिमा राष्ट्रिय सेवा दल मिडियामैत्री भएर संस्थाको गरिमा बढेको र संस्थाको गतिविधि आम जनताले थाहा पाउँदै आएको अभिभावकको भनाई थियो ।

एनसीसी सञ्चालित सबै विद्यालयमा प्रत्यक्ष पुगेर महानिर्देशक कार्कीले यस संस्थाको तालिम केन्द्र कोशी प्रदेशका लागि याङशिला, मधेस प्रदेशका लागि बागमती, राजधानी हेडक्वाटर, गण्डकी र कर्णाली आदि ठाउँमा रहेको जानकारी दिए ।

तालिम प्राप्त भएपछि पूर्व एनसीसी क्याडेट (अल्मनयन) ले समाजमा आइपरेका विपद् तथा जोखिम जस्ता काममा सहयोग पु¥याउँदै आएको बताए । उनले असहाय तथा आपतमा परेकाका लागि भौतिक सहयोग गर्ने गरेको पनि बताए ।

एनसीसीको समापन कार्यमा अभिभावकहरुसँग छलफलका क्रममा महानिर्देशक कार्कीले समाज दुव्र्यवसनीले झेल्दै गएको बेला एनसीसी क्याटेडले त्यसलाई परास्त पार्ने नीति अपनाएको हुँदा एनसीसी पास आउट छात्रछात्रा समाजका योग्य नागरिक हुन भन्दा फरक नपर्ने बताए ।

कक्षा ९ र १० का लागि दिइने तालिमभन्दा कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्रालाई अझ एडभान्स तालिम हुने पनि महानिर्देशक कार्कीले बताए ।