झापाको अर्जुनधारा नगरपालिकाको उत्तरी क्षेत्रमा रहेको वडा नम्बर १, २ र ३ ले संयुक्त रुपमा आयोजना गरेको चौथो खुदुनाबारी गोल्डकप सफलता पूर्वक सम्पन्न गर्न सफल भएकोमा नगरपालिका मात्र होइन सभामुख देवराज घिमिरे, पूर्व मुख्यमन्त्री उद्धव थापा लगायतले यस क्षेत्रका जनतालाई शुभकामना प्रदान गरेका छन् । छोटो समयमा निकै ठूलो प्रयाससँगै चौथो खुदुनाबारी गोल्डकप पूर्ण रुपमा सम्पन्न गर्दा अतिथिहरुले खुदुनाबारीलाई शुभकामना दिएका हुन् ।
संघीय संरचनासँगै खुदुनाबारी क्षेत्र अर्जुनधारा नगरपालिका वडा नम्बर १, २ र ३ भएर उभिएको वडा हो । यस (वडा) क्षेत्र अझै पनि खुदुनाबारी भनेर गौरव गर्ने गर्छन् । त्यसैले सुरुवाती खेल खेलाउने हिम्मत वडा नं. १, २ र ३ ले गरे पनि त्यसलाई हैसे नगरले दिन पुग्यो । आँट गरेरै अगाडी बढी खेल सम्पन्न गर्न र अन्य नगरपालिकाका प्रमुखहरुलाई उपस्थित गराउन सकेकोमा खुदुनाबारीलाई शुभकामना प्रदान गरिएको हो ।
छिटो मन जोड्ने र सम्झना योग्य भइरहने खेल फुटबल भएको हुँदा खुदुनाबारीले फुटबल खेलाएर अरु खेल प्रेमी पालिकालाई जोडेको छ । खेलमा हार जीत भए जस्तै खेल खेलाउनमा पनि नाफा घाटा अवश्य हुन्छ । त्यसलाई पारदर्शीताका साथ लैजान जरुरी छ । जुकेखाडी सामुदायिक वन क्षेत्रमा पर्ने हरियाली खेल मैदानमा चौथो खुदुनाबारी गोल्डकप खेलाउन सम्भव भएको हो । गोल्डकप खेलाउदा देखिएको एकता जस्तै मैदानलाई थप स्तरीय बनाउन पनि एकता मिलोस् । उपस्थित अतिथिहरुले दिएको वचनलाई संगाल्दै अगाडी बढ्न प्रेरणा मिलोस् । खुदुनाबारीलाई शुभकामना छ ।