[अस्मीता]
अर्जुनधारा । आसन्न नेपाल पत्रकार महासंघको प्रदेश–१ कोशीबाट केन्द्रीय सदस्यको प्रतिनिधित्वमा दिपेन्द्रकुमार राई (दिपीन)ले उम्मेद्वारी दिएका छन् ।
प्रदेश १ कोशी भूगोलबाट दुई जना प्रतिनिधि चुनिने विधानमा उल्लेख छ । उनीसँगै अन्य ५ जना चुनावी मैदानमा उत्रिएका छन् ।
मंसीर २८ गते हुने महासंघको निर्वाचनमा दिपेन्द्रकुमार राई (दिपीन)को बलियो सम्भावना रहेको विश्लेषक अग्रज पत्रकार नकुल काजीको भनाई छ ।
करिब तीन दशक अघिबाट पत्रकारिता सुरु गरेका राई निरन्तर ग्रामिण तथा भुँई मान्छेको हितमा पत्रकारिता गरिरहेका छन् ।
२०४९ भाद्र १९ गते विवेचना दैनिक पत्रिकाबाट ६ महिना वितरक भई विशेष प्रतिनिधि हुँदै सम्पादक भइसकेका राई श्रम जीवि पत्रकार र स्वतन्त्र लेख्न, हिंड्न पाउनुपर्छ भन्ने उद्देश्यले आवाज उठाउँदा तत्कालिन शाही सेनाले बंकरमा राखेर याता दिएका थिए ।
भ्रष्टाचार र तस्कर विरुद्ध समाचार लेख्दा पत्रकार राईलाई विरिङ्ग खोलामा आक्रमण गरी मरणासन्न पारेका थिए ।
लोकतन्त्रको पक्षमा खुलेर कलम चलाउँदा उनी राजद्रोह मुद्दा खेप्दै तारिक धाउनुपरेको थियो ।
अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सधै वकालत गर्ने राई जीवनको उतारचढाव कागज र कलममा नै बिताएका राइ अझै पनि केही गर्ने इच्छा जागेर नै नेपाल पत्रकार महासंघको प्रदेश १ कोशीबाट प्रतिनिधित्वका लागि उम्मेद्वारी दिएको बताउँछन् ।
निष्ठाका पत्रकारिता गरेका दिपेन्द्रकुमार राई (दिपीन) हाल यलम्वर टाइम्स साप्ताहिकका सम्पादक, प्रकाशक छन् ।
निस्पक्ष पत्रकारिता गरेकै कारण तीन दर्जन बढी संस्थाले नगदसहित सम्मानित र पुरस्कृत गरेका छन् भने चार दर्जन बढी संघसंस्थाले सम्मानपत्रले अभिनन्दन गरेका छन् ।
उनीले नेपाली सेनाबाट पदक तथा सम्मान, यूके पत्रकारिता पुरस्कारबाट नगदसहित सम्मान, डिकमान विरही स्मृति पुरस्कारबाट नगदसहित सम्मान, किरात राई यायोक्खाबाट नगद तथा सम्मान, किरात याक्थुम चुम्लुङ, प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस युनियनबाट पनि सम्मानित भइसकेका छन् ।
गाउँमा बसेर ग्रामिणमूखि पत्रकारिता गरेका राई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ –फोनिज) केन्द्रीय उपाध्यक्ष, प्रदेश इन्चार्ज, शनिश्चरे बहुमुखी क्याम्पस, अर्जुनधारा जलेश्वरधाम, किरात धर्म तथा साहित्य उत्थान, किरात राई यायोक्खा, रेडक्रस लगायतका विभिन्न संस्थाहरुमा रहेर जिम्मेवारी सम्हालिसकेका छन् ।
विशेष खोज पत्रकारितामा दखल राख्ने राई जानेका पत्रकारिता प्रेसबाट प्रशिक्षण दिँदै आएका छन् । राईले भनेका छन्, ‘वडा तथा पालिकाको विकास गर्न र सञ्चारमा आवद्ध पत्रकारहरुको जीवनस्तर उकास्न सकिने ठाउँ स्थानीय तह भएकाले पत्रकारहरु स्वदेशमा नै बस्न सक्ने अवस्था प्रशस्त छ ।’