भूमिपुत्रलाई गोली ठोकर व्यापारी रिजाउन खोज्दा मेची राजमार्ग ठप्प « Yalambar Times
१७ असार २०८२, मंगलवार

भूमिपुत्रलाई गोली ठोकर व्यापारी रिजाउन खोज्दा मेची राजमार्ग ठप्प


यलम्वर टाइम्स
१७ माघ २०८१, बिहीबार १४:३८

अर्जुनधारा । अस्तित्व रक्षाका लागि ताप्लेजुङका रैथाने याक्थुङ्वाहरुले जिल्लाको शीरमा पर्ने मुकुम्लुङमा केवलकार बनाउँदा आदिवासी भूमिपुत्र, मुन्दुम मान्ने जातिहरुमाथि आक्रमण हुन्छ भनेर सरकारलाई सकारात्मका सन्देश दिँदादिँदै सरकारले विकासमा अवरोध खडा गरेको भन्दै भूमिपुत्रमाथि गोली चलाउन थालेपछि आज पनि ताप्लेजुङ प्रवेश क्षेत्रहरुमा यातायात ठप्प पारेका छन् ।

ताप्लेजुङको बलुडाँडामा भएको झडपलाई लिएर मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

प्रत्येक नाकामा भूमिपुत्र आन्दोलनकारीहरुले यातायात ठप्प पार्नका कारण दर्शाउँदै समर्थन लिइरहेका छन् । मुकुम्लुङको समर्थनमा केही राजनीतिक दलसँगै २ दर्जनभन्दा बढी जातीय संघसंस्था देखिएका छन् ।

नेकपा माओवादी केन्द्र प्रदेश नं. १ का संसदीय दलका नेता इन्द्र आङ्वो मौसमले एउटालाई रिजाएर भूमिपुत्र माथि गोली ठोक्नु किमार्थ सत्य नभएको भन्दै केवलकार निर्माण ठप्प गर्नुपर्ने बताएका छन् भने नेकपा एस र नेपाली कांग्रेसका केही सांसदहरुले आदिवासीलाई सम्मान गर्न आग्रह गरेका छन् ।

झापा जिल्लाबाट मेची राजमार्ग हुँदै इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधनहरु आज बिहिबार पनि पूर्ण रुपमा ठप्प रहेका छन् । त्यस्तै इलाम, पाँचथर र ताप्लेजुङमा पनि यातायातका साधनहरु चल्न सकेका छैनन् । तर, बजार पसल, सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरु भने केही खुला रहेका छन् ।

माघ १२ गते ताप्लेजुङको फुङलिङ–११ स्थित बलुडाँडामा भएको झडपलाई लिएर मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले हिजोदेखि मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका, ताप्लेजुङ जिल्लाभित्र अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका हुन् ।

उता पाथीभरामा केबलकार निर्माण कार्य जारी रहेको छ । हिजो बिहान ९ बजेदेखि दिउँसो ४ः२० बजेसम्म फुङलिङ –११ स्थित काफ्लेपाटीमा केबलकार निर्माणको लागि बटम स्टेसनमा एउटा स्काभेटर प्रयोग गरी फाउन्डेसन खन्ने काम भएको थियो । उक्त स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएका थिए ।