अर्जुनधारा वडा नं. ५मा टोल स्तरीय खुला क्रिकेट र यू–१३ फुटबल नकआउट प्रतियोगिता हुने « Yalambar Times
२३ माघ २०८१, बुधबार

अर्जुनधारा वडा नं. ५मा टोल स्तरीय खुला क्रिकेट र यू–१३ फुटबल नकआउट प्रतियोगिता हुने


यलम्वर टाइम्स
२३ माघ २०८१, बुधबार १५:३६

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ५ खेलकुद विकास समितिको आयोजनामा टोल स्तरीय एक दिवसीय टी–१० खुला नकआउट क्रिकेट र यू–१३ नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

आगामी फागुन ३ गते अर्जुनधारा–५ स्थित आधारभूत विद्यालय कञ्चनबारीको खेल मैदानमा क्रिकेट र लक्ष्मीपुर बिहीबारे बजार पूर्व खेल मैदानमा फुबटल प्रतियोगिता सञ्चालन हुने खेलकुद विकास समिति संयोजक बाबा डिआरले बताए ।

‘हाम्रो वडामा ८ वटा टोल छन्’ संयोजक डिआरले भने, ‘दुवै प्रतियोगितामा सबै टोलले सहभागिता जनाउने छन् ।’

बालबालिका र युवाहरुलाई कुलतबाट टाढै राख्न र वडाको उत्कृष्ट टिम निर्माणका लागि पनि टोलस्तरीय प्रतियोगिता गर्न लागिएको उनले बताए ।

प्रतियोगिताको विजेताले नगद रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु. ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।