झापा जिल्लाको ठाउँ–ठाउँमा मुकुम्लुङ संरक्षण समिति बन्दै « Yalambar Times
२१ असार २०८२, शनिबार

झापा जिल्लाको ठाउँ–ठाउँमा मुकुम्लुङ संरक्षण समिति बन्दै


यलम्वर टाइम्स
३० माघ २०८१, बुधबार १५:०३

बिर्तामोड । पूर्वी किराँत आदिवासी जनजातिहरुको आस्थाको धरोहर मुकुम्लुङमा केबलकार बनाएर मुन्दुमलाई नै तहसनहस पार्नेहरुको विरुद्ध झापामा मुकुम्लुङ संरक्षण समिति गठन हुन थालेको छ ।

किराँतीहरुको मुन्दुममा ठाडो प्रहार गर्न नहुनेभन्दै करिब एक वर्षदेखि मुकुम्लुङ संरक्षण हुनुपर्ने माग राख्दै आएकाहरुले अब पूर्वको नौं जिल्लामा संघर्ष समिति तयार गरेर जाने झापाका संयोजक हिमाल कन्दङ्वाले बताएका छन् ।

मुकुम्लुङमा केबलकार व्यापारी रिझाउने र एक पक्षीय आर्थिक रुपमा सम्पन्न हुने परिपाटी भएको हुँदा त्यसको विरुद्ध विभिन्न आवाज उठाउँदै आइरहेको अवस्थामा बिर्तामोड १० स्थित सैनिक चोकमा मुकुम्लुङ संर्घष समिति गठन भएको छ ।

समितिको संयोजकमा चामबहादुर लिम्बू, सहसंयोजक यामकुमार राई रहेका छन् । यसरी नै सदस्यहरुमा बेदबहादुर तेयुङ, हेमन खिम्दुङ, रिता इधिङ्गो, मुकेश देवान, प्रभात मुखिया, सन्तोष बेघा, सुवास लोक्ताम रहेका छन् भने सल्लाहकारमा हिमालधोज लोक्ताम, टेनबहादुर देवान, रामदर्शन गुरुङ्ग, डम्बरबहादुर तुम्ब्रोक रहेका छन् ।

गठित नयाँ समितिलाई बुद्धिजीवि देशु वनेम, संयोजक हिमालधोज कन्दङ्वा लगायतले अधिकार रक्षा र मुन्दुम सुरक्षाको लागि मुकुम्लुङ बचाउन सबै जुट्नुपर्ने आह्वान गरेका थिए ।