अर्जुनधारा । धर्म गुरु श्री ठाकुर अनुकूलचन्द्रको १३७ औं जन्म महामहोत्सव भव्य रुपमा मनाइने भएको छ ।
सत्संग नेपालको आयोजना तथा सत्संग मन्दिर बैसाबाडीको संयोजनमा यही फागुन १६ र १७ गते दुई दिन गुरुको जन्म महामहोत्सव मनाउन लागिएको हो ।
बिर्तामोडमा बृहत रुपमा हुन लागेको महामहोत्सवमा फागुन १६ गते संगीत सभा, सन्ध्याकालिन विनती प्रार्थना र विभिन्न ग्रन्थादी पाठसहित आनन्द बजार सञ्चालन हुने गोविन्द तिम्सिनाले बताए ।
उनका अनुसार १७ गते गुरुको जन्म महामहोत्सवको अवसरमा ब्रम्हमुहुर्तमा वेद मांगलिकी पाठ हुने, प्रत्युष ५ः१५ मा उषा किर्तन र बिहान ६ बजे सामूहिक प्रातकालिन विनती प्रार्थना एवम् ग्रन्थादी पाठ हुनेछ ।
त्यस्तै बिहान ९ बजे शोभा यात्रा, दिउँसो धर्म सभा, बेलुका मातृ सम्मेलन, संगीत सभा र सामूहिक सन्ध्याकालिन विनती प्रार्थना, ग्रन्थादी पाठ, मन्दिरमा दीप प्रज्वलन गरिने बताइएको छ ।