शंकर अस्पतालमा अब पायल्स, फिस्टुलाको उपचार « Yalambar Times
२६ बैशाख २०८२, शुक्रबार

शंकर अस्पतालमा अब पायल्स, फिस्टुलाको उपचार


यलम्वर टाइम्स
१८ बैशाख २०८२, बिहीबार १३:०६

अर्जुनधारा । अर्जुनधारा–७ स्थित शंकर अस्पतालले पायल्स, फिस्टुला तथा हर्निया जस्ता समस्याहरुको उपचार सेवा दिने भएको छ ।

अस्पतालले एक सूचना जारी गर्दै अब शंकर अस्पतालमै उक्त रोगका बिरामीहरुका लागि सेवा दिने भएको जनाएको छ ।

पायल्स, फिस्टुला र हर्नियाका समस्या गाउँघरमा दिनप्रतिदिन वृद्धि भइरहेको अवस्थामा आम जनतालाई सहज उपचारका पुर्याउन सेवा सुरु गरिएको अस्पतालका प्रबन्धक सुजन शिवाकोटीले जानकारी दिए ।

शिवाकोटीका अनुसार काठमाण्डौ टिचिङ हस्पिटलबाट जेनेरल सर्जरीमा एमएस गरेका वरिष्ठ सर्जन डा. सुमन दाहालले प्रत्येक शनिबार सेवा दिने छन् । डा. दाहालबाट पायल्स, फिस्टुला, हर्नियासँगै फिसर, हाइड्रोसिल, पित्तथैलीको पथरी, मृगौला पथरी, एपेन्डिक्स र शरीरमा भएका गाँठागुँठीहरुको शल्यक्रिया हुने अस्पतालले जनाएको छ ।

विशेष गरी अर्जुनधारासँगै बुद्धशान्ति, दक्षिणी इलामका माई, रोङ लगायतका नागरिकलाई लक्षित गर्दै सेवा विस्तार गरिएको अस्पतालका प्रमुख डा. सन्तोषकुमार यादवले बताए ।